नेपाली बजारमा फ्रान्सेली कम्पनी सिट्रोनको एसयूभी आउने, सांग्रिला मोटर्स आधिकारिक वितरक

काठमाडौं – नेपालमा फ्रान्सेली गाडी निर्माता कम्पनी सिट्रोनका सवारी साधन उपलब्ध हुने भएका छन् । सिट्रोनको आधिकारिक विक्रेताको रुपमा सांग्रिला मोटर्सले यी सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने छ ।

सांग्रिला मोटर्स प्रालिका कार्यकारी निर्देशक हेमन्त गोल्छा र सिट्रोन ब्रान्डको भारत तथा प्रशान्त क्षेत्र एवं नेपाल हेर्ने पीएसए ग्रुपका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष अर्नाउड डचेमिनले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो, जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पीएसएको अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयूभी, मिनी–भ्यान र एसयूभी बहुचर्चित छन् । यी मध्ये साँग्रिला मोटर्स प्रालिले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउने बताएको छ ।

हाल सांग्रिला मोटर्सले प्युजो ब्रान्डका सवारी साधन समेत नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...