धादिङ अटोमोबाइल एसोसिएसनको चौथो साधारण सभा सम्पन्न, मेकानिक्सलाई गरियो सम्मान

धादिङ – धादिङ अटोमोबाइल एसोसिएसनको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिबार सम्पन्न उक्त साधारण सभामा ५ जना मेकानिक्सहरु सम्मानित भएका छन् ।

साधारण सभाको अवसरमा मेकानिक्स पेशामा २५ वर्ष भन्दा लामो समय विताएका ५ जना मेकानिक्सहरु काकु शर्मा, याकुव मिया, लालबहादुर श्रेष्ठ, विनोद धिमाल र भोला चौधरीलाई सम्मान गरिएको हो ।

सो अवसरमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसाल र महासचिव ठाकुरप्रसाद न्यौपाने, ३ नम्बर प्रदेश संयोजक दीपक खड्का र विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सो अवसरमा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले अटोल्यान्डको स्थापना धादिङमा पनि आवश्यक भएको र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए । हाइवेको नजिक भएकाले जग्गा अलि महंगो भए पनि अटोल्यान्ड स्थापनाका लागि पहल गर्नुपर्ने र यसमा महासंघले सहयोग गर्ने वक्ताहरुको धारणा थियो ।

त्यसैगरी हाल नेपाली बजारमा नयाँ प्रविधिका गाडीहरु भित्रिरहेको र ती प्रविधिको वारेमा आवश्यक जानकारी प्रदान गर्नका लागि अटो मेकानिक्सहरुलाई तालिमको आवश्यकता भएको र यसका लागि समेत महासंघको पहलको आवश्यकता भएको र महासंघले यसका लागि समन्वयकारी भूमिका खेल्नु पर्ने आवश्यकता औल्याइएको थियो ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनको अध्यक्षता एसोसिएसनका अध्यक्ष इन्द्र त्रिपाठीले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव गणेश पाठकले गरेका थिए ।

एसोसिएसनले आफ्ना सदस्यहरुको दुर्घटना भएमा उपचार खर्चवापत ५० हजार रुपैयाँ उपलब्ध गराउने र यसैका कारण मृत्यु भएमा ५ लाख रुपैयाँ सम्मको बिमाको व्यवस्था गरेको छ ।

एसोसिएसनमा हाल १७२ जना सदस्य छन् । चारपांग्रे, दुई पांग्रे, लेथ, ब्याट्री, टायर आदि मर्मतमा संलग्न सबै व्यवसायीहरु एसोसिएसनमा संलग्न छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...