बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हुन्डाई क्रेटा र किया सेल्टोस भारतीय बजारमा २०२० मा निकै लोकप्रिय एसयूभी रहे । नेपाली बजारमा पनि यी दुई एसयूभीको लोकप्रियता उत्तिकै छ ।
एसयूभीको लोकप्रियता देखेर कार निर्माता कम्पनीले भारतमा नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेका छन् । २०२१ मा हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नको लागि ४ नयाँ एसयूभी लन्च गर्ने तयारी भएको छ । नेपाली बजारमा पनि ती एसयूभी त्यसपछि उपलब्ध हुने छन् ।
स्कोडा कुशाक
स्कोडाले बजारमा ल्याउने आगामी एसयूभीको नाम स्कोडा कुशाक हुनेछ । २०२० अटो एक्सपोमा सो कारको कन्सेप्ट भर्सन भिजन इनको नामले पेश गरिएको थियो । सो कारमा पावर दिनको लागि १.५ लिटर टीएसआई पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले १५० पीएसको पावर जेनेरेट गर्छ । सो कारको लागत कम गर्नको लागि कम्पनी इन्ट्रि लेवल भेरिएन्टलाई १.० लिटर टर्बाे पेट्रोल विकल्पको साथमा प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
फक्सवागन टाइगुन
फक्सवागन इन्डियाले यो वर्ष नयाँ एसयूभी लन्च गर्ने भएको छ । सो कार स्कोडा कुशाक जस्तै एमक्युबी–एओ–इन प्लेटफर्ममा आधारित हुनेछ । सो एसयूभी पनि केही महिना पछि भारतमा लन्च गरिनेछ । सो एसयूभी टीएसआई पेट्रोल मोटरबाट सञ्चालित हुनेछ । सो एसयूभीमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन हुने सम्भावना रहेको छ ।
एमजी जेडएस पेट्रोल
एमजीले चाँडै भारतमा जेडएस ईभीको पेट्रोल एडिसन प्रस्तुत गर्ने अनुमान गरिएको छ । सो एसयूभी धेरै पटक परीक्षणको समयमा देखा परेको छ । सो कार यही वर्ष लन्च गरिनेछ । अन्तर्राष्ट्रिय बजारमा जेडएस १.० लिटर टर्बाे पेट्रोल जसले १११ पीएसको पावर, १.३ लिटर टर्बाे पेट्रोल जसले १२५ पीएस र १६३ पीएसको पावर र १.५ लिटर नेचुरल एनए पेट्रोल इन्जिनको विकल्प रहेको छ । जसले १०६ पीएसको पावर जेनेरेट गर्छ । इन्डियन स्पेक मोडल सम्भवतः १.० लिटर युनिट वा १.३ लिटर इन्जिन उपलब्ध हुनेछ ।
नयाँ जेनेरेसन महिन्द्रा स्कोर्पियो
महिन्द्रा स्कोर्पियो हुन्डाई क्रेटाको तुलनामा निकै फरक रहेको छ । यो तीन पंक्ति सिट भएको कार हो । यसलाई सीढी फ्रेम च्यासिसमा बनाइएको छ । जबकी क्रेटा २ पंक्ति सिट भएको मोनोकक एसयूभी हो । सो कार २०२१ को मध्यमा पेश गर्ने सम्भावना रहेको छ । स्कोर्पियो महिन्द्रा थारमा जस्तै २.० लिटर टर्बाे पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिन हुने सम्भावना रहेको छ । सो कारको पावर र टर्क फरक हुन सक्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...