मोटरसाइकल चलाउँदै गर्दा आउन सक्छन् यी मुख्य ४ समस्या, यसरी गरौ समाधान

मोटरसाइकल चलाउँदा चलाउँदै कहिलेकाहिं विभिन्न समस्या अउने र यसले गर्दा तुरुन्तै मोटरसाइकल रोक्नु पर्ने हुन सक्छ । तर यो अवस्थामा मोटरसाइकललाई अचानक रोक्दा दुर्घटना हुने डर पनि हुन्छ । यसले गर्दा यो अवस्थामा विशेष सतर्कता अपनाउनु आवश्यक हुन्छ ।

१. स्टार्ट बन्द हुने
कहिलेकहिँ मोटरसाइकल चलाउँदा चलाउँदै स्टार्ट बन्द हुन सक्छ र स्टार्ट गर्दा नहुन पनि सक्छ । त्यतिबेला नजिकै वर्कशप नहुँदा बाटोमै अलपत्र पर्न सकिन्छ । यस्तो अवस्थामा सर्वप्रथम मोटरसाइकलको स्पार्क प्लग खोल्ने र सफा गर्ने गर्दा स्टार्ट हुन्छ । तर कहिलेकहिँ स्पार्क प्लगका कारण नभई अन्य कारण पनि हुन सक्छ । जुन अवस्थामा मोटरसाइकलको स्वीच अफ गरी ठेलेर केही समय चलाउने र स्टार्ट गर्दा स्टार्ट हुन्छ ।

२. एक्सिलेटर फस्न सक्ने
कुनैबेला एक्सिलेटर बटारेको बटारेकै अवस्थामा रहन सक्छ । जसका कारण मोटरसाइकलको गति तीव्र भई तुरुन्तै दुर्घटना हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा सर्वप्रथम चालक हडबडाउन भएन र क्लच थिचेर गियरलाई घटाउँदै लैजानुपर्छ । साथै ह्यान्ड ब्रेक र फुट ब्रेक लगाई इन्जिन स्वीच अफ गर्नुपर्छ ।

३. एक्कासी रोक्नु पर्ने
मोटरसाइकल चलाउँदा चलाउँदै कहिलेकाहिँ एक्कासी रोक्नुपर्ने अवस्था आउन सक्छ । जुनबेला एक्सिलेटरबाट हात खुकुलो पार्नुपर्छ र ब्रेक लगाउनुपर्छ । ब्रेक लगाउँदा अगाडिको ब्रेक एकैपटक लगाउनु हुँदैन बिस्तारै लगाउनुपर्छ । गति कम भएपछि गियर घटाउँदै जानुपर्छ । तीव्र गतिमा भएको मोटरसाइकललाई एक्कासी रोक्नुपरेमा क्लच दबाई गियर घटाएर मोटरसाइकल रोक्ने काम कहिल्यै गर्नुहुँदैन ।

४. अचानक पन्चर हुने
गुडिरहेको मोटरसाइकल कहिलेकाहिँ अचानक पञ्चर हुन पनि सक्छ । यस्तो अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुने सम्भावना हुन्छ । यो समयमा आत्तिएर ब्रेक लगाउनु हुँदैन र एक्सिलेटर पनि बटार्नु हुँदैन । ह्याण्डल बलियो गरी समातेर सन्तुलन मिलाई किनारा लगाउनुपर्छ र मर्मत गरेर मात्र चलाउनुपर्छ ।

माधवप्रसाद अधिकारी, मोटरसाइकल तथा स्कुटर प्रशिक्षक

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...