फोटोनको भ्यु सीटु १५ सिटर गाडी नेपालमा आउँदै, मूल्य र विशेषता सार्वजनिक

काठमाडौं – एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले नेपाली बजारमा भित्र्याउन लागेको गाडी भ्यु सीटु १५ सिटर (Foton View C2 15-seater) को मूल्य र विशेषता सार्वजनिक गरेको छ । सो गाडीको अनुमानित मूल्य ५३ लाख रुपैयाँ हुने बताइएको छ ।

यो गाडीको आर्कषक लुक र स्टाइलले गर्दा सबैको आखाँ यो गाडीमा सजिलै जान्छ । अन्य गाडीमा जस्तै फोटोनले यो गाडीमा समेत विश्वस्तरिय इन्जिन र सुरक्षा मापदण्ड अपनाइएको बताएको छ ।

यो सेगमेन्टका गाडीहरु मध्ये आफ्नो १५ सिटर गाडी सबैभन्दा बढी किफायती सुलभ र आनन्दमयी भएको एमएडब्ल्यु वृद्धिको भनाइ छ । यसको लागि फोटोनले रिसर्च एण्ड डेभलपमेन्टमा एकदमै समय तथा आर्थिक लगानी गरेको छ । अन्य गाडी जस्तै फोटोनको यो १५ सिटर गाडी पनि वातवरणमैत्री भएको र शून्य प्रतिशत कार्बन डाइअक्साइड उत्सर्जन गर्ने बताइएको छ ।

फोटोनको यो भ्यु सीटु १५ सिटर गाडीमा २.८ लिटर, फोर सिलिन्डर इसुजु टेक इन्जिन प्रयोग गरिएको छ, जसले ३६०० आरपीएममा ९३.८७ एचपी पावर र १८०० देखि २००० आरपीएममा २२५ एनएम टर्क जेनेरेट गर्छ । यसमा बीएस६ मापदण्डको इन्जिन छ । इन्जिनमा फाइभ स्पिड म्यानुअल गियरबक्स छ ।

भ्यु सीटु १५ सिटर गाडीको लम्बाई ५०५० एमएम, चौडाई २०३० एमएम र उचाई २२४० एमएम छ । यसको ह्विलबेस २५७० एमएम छ । टु ह्विल ड्राइभ सिष्टममा उपलबध यो गाडीमा ७० लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी यसले १४ किलोमिटर माइलेज दिने बताइएको छ ।

ट्युबलेस टायर रहेको यो गाडीमा सुरक्षाका लागि ड्युअल एयरब्याग, एबीएस, ईबीडी आदि उपलब्ध छन् । त्यसैगरी यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । यो गाडी सेतो कलरमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

यो गाडी सन् २०२१ को शुरुवातमा नेपाली बजारमा भित्रिने कम्पनी स्रोतको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...