नेपाली बजारमा २ वर्ष भित्र ५ मोडलका चांगन गाडी भित्रिने, शुरुमा एल्सभिन सेडान उपलब्ध हुने
चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड दाबी गर्ने चांगन अटोले नेपाली बजारमा...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोन मोटर्सको लक्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । आईएसएफ क्युमिन्स इन्जिनयुक्त स्कुल भ्यानमा एउटै इन्जिनबाट चल्ने एयर कन्डिसन रहेको छ ।
उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् । साथै विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसरिज पनि थप्न सकिने कम्पनीले जनाएको छ ।
आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसी भेन्ट र सिट बेल्ट रहेको छ । भ्यानमा आरामदायी सेमी रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाई ध्यानमा राख्दै एयरब्याग पनि रहेको छ ।
भ्यानमा सामान राख्नको लागि पर्याप्त ठाउँको साथै ब्याग समेत राखेर आरामसँग बस्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको बताएको छ ।
चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड दाबी गर्ने चांगन अटोले नेपाली बजारमा...
काठमाडौं – ग्रेटवाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक...
नेपालमा गाडी चलाउनु आफैंमा चुनौतीपूर्ण हुन सक्छ । काठमाडौंको भीडभाडयुक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...