नेपाल आउने तयारीमा फोटोनको लाइट ड्युटी ट्रक अमार्क

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ड्युटी ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्लु वृद्धिले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ ।

ट्रक भन्ने वित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुचि देखाउन थालेका छन् ।

फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याविनको डिजाइन पनि उत्कृष्ट रहेको छ । यसलाई फोटोनले अत्याधुनिक फिचरले सुसज्जित रहेको छ ।

यो ट्रकमा २.८ लिटर क्षमताको टर्बोचार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्युटन मिटर टर्क जेनरेट गर्छ । यसका साथै ड््यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एवं थकानमुक्त महसुस गराउँछ । यसको भरपर्दाे एवं विश्वसनीय इन्जिन, गियरबक्स, क्राउन र च्यासिसको संयोजनले समस्टिमा न्युन मर्मत खर्च गराउँछ र यो जस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृप्ट रोजाईको गाडी बनाउँछ ।

ठूलो लोड बडी, ४१३० केजीको अधिकतम भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियरबक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको बताइएको छ । यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ५.५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पीड गियरबक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्दछ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले पिकअप टुनल्यान्ड ई, टुनल्यान्ड एस जी, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६–सिट क्षमताको भ्यान भ्यु सीएस२ र १५–सिट क्षमताको भ्यान भ्यु सी २ का साथै विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडा शोरुममा आइपुग्यो स्कोडा कोडियाक फेसलिफ्ट, मूल्य १ करोड ७१ लाख

स्कोडा शोरुममा आइपुग्यो स्कोडा कोडियाक फेसलिफ्ट, मूल्य १ करोड ७१ लाख

काठमाडौं – स्कोडा शोरुमहरुमा स्कोडाको नयाँ एसयूभी कोडियाक फेसलिफ्ट...

अमेरिकी राजदूतले नेपालमा सार्वजनिक गरे जिप -यांगलर, सुरुवाती मूल्य २ करोड ६७ लाख

अमेरिकी राजदूतले नेपालमा सार्वजनिक गरे जिप -यांगलर, सुरुवाती मूल्य २ करोड ६७ लाख

काठमाडौं – नेपाली बजारमा अमेरिकी ब्रान्ड जिपको महंगो एसयूभी -यांगलर...

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको नयाँ एडिसन लन्च गरेको छ । स्पेसल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...