फोटोनका विद्युतीय बस नेपाली बजारमा आउने अन्तिम तयारीमा

काठमाडौं – नेपालमा फोटोन मोटर्सका विद्युतीय बस छिट्टै नै उपलब्ध हुने भएका छन् । नेपालमा फोटोन मोटर्सको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोनका विद्युतीय बस ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको र केही समयमै नेपाली बजारमा उपलब्ध हुने जनाएको छ ।

बिजुली बस अन्तर्गत अन्तराष्ट्रिय जगतमा नै ख्याति कमाउदै फोटोन मोटर्सले राम्रो छाप छोड्दै आइरहेको छ । चीन लगायत विश्वका ११० भन्दा बढी राष्ट्रहरुबाट फोटोन मोटर्सले आफ्नो उत्पादन बिक्री तथा विस्तार गरिरहेको छ । बिजुली बसको सन्दर्भमा छिमेकी मुलुक भारतसँग सहकार्य गर्दै भारतको प्रसिद्ध बस कम्पनी पीएमआईसँग ज्वाइन्ट भेन्चरमा ५०० करोड भारुको लगानीमा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरेको हुदाँ नेपाली बजारमा उपभोक्ताहरुको माग अनुसार भविष्यमा चीन तथा भारत दुवै देशबाट विजुली गाडी सजिलै आयात गर्न सकिने एमएडब्ल्यु वृद्धिले जनाएको छ । नेपालमा फोटोन गाडीको निर्यात भारत तथा चीनबाट सजिलै हुने भएकोले नेपालमा फोटोन गाडीको भविष्य उज्जवल रहेको बताइएको छ ।

वातावरणमैत्री एवम् अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वार्षिक कर नेपालको सन्दर्भमा नलाग्ने हुँदा र नवीकरण शुल्क पनि थोरै हुनेछ । गाडी सञ्चालन पश्चात् यसको मर्मत खर्च समेत कम हुने भएकोले यसका प्रयोगकर्ताहरुले सजिलै लाभ उठाउन सक्ने छन् । नेपालको सन्दर्भमा नेपाल सरकार मातहतका जिम्मेवार संस्थाहरुले बिजुली गाडीको सहज सञ्चालनका निम्ति सरकारी तवरबाट लगानी भई नेपालका विभिन्न स्थानहरुमा चार्जिङ स्टेशनहरु निर्माण गरि बिजुली गाडीतर्फ उपभोक्ता, व्यवसायी तथा सर्वसाधारणहरुको आकर्षण बढाउन सकिने छ ।

बिजुली बसको बजार हिस्सा अन्तर्राष्ट्रिय बजारमा निरन्तर रुपमा बढ्ने अनुमान गरिएको छ । दिन प्रतिदिन यस विषयमा चासो बढ्दै गईरहेको अवस्था छ र विश्वका धेरैजसो राष्ट्रहरुमा यस प्रतिको चासो तथा प्रवद्र्धनले बिजुली बसको बजार विस्तार भइरहेको छ ।

बिजुली बस उत्पादनमा चिनियाँ कम्पनी बीवाईडी, योटोङ र फोटोन आदि उत्पादक समूहले आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारको मागहरु सम्बोधन गरिरहेको छ । वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित बस, कार, मोटरसाइकल, स्कुटर आदिको नेपाल तथा विश्वका अन्य मुलुकमा उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भइरहेको र मागहरु बढ्दै गइरहेको तथ्य पछिल्लो बजार तथ्यांकले पनि दर्शाएको छ ।

अत्याधुनिक सुविधा सहित उपलब्ध हुने बिजुली बसहरु अरु डिजेलबाट चल्ने बसहरु भन्दा झन्डै तीन गुणा महंगो पर्ने भए पनि यस्ता बिजुली बस चलाउदा व्यवसायीहरुलाई लामो समयसम्ममा बढी नाफा हुने गर्दछ । बिजुली आपुर्ति सहज हुँदा डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मुल्यमा मागअनुसार निर्यात गरिरहेको छ । हाल नेपाली बजारमा निजी लगानीमार्फत केही बिजुली बसहरु सञ्चालनमा आएको अवस्था छ । आगामी दिनहरुमा नेपाल सरकारद्वारा यातायात क्षेत्रको
प्रवद्र्धन तथा वातावरणमैत्री बिजुली गाडीहरु नेपालको विभिन्न स्थानहरुमा पु-याउनका लागि अध्ययन अवलोकन भइरहेको अवस्था छ ।

त्यस्ता आवश्यक ठाउँहरुमा बिजुली बसहरु खरिद गरी यात्रुहरुको सेवामा प्रयोग गर्ने आफ्नो योजनाहरु नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयद्धारा अघि बढाइएको छ । यो अवस्थामा फोटोनका बिजुली बसले समेत केही योगदान पु-याउने अपेक्षा गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...