नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फर्मा’ सार्वजनिक भएको छ । युरोपियन प्रविधिमा आधारित भई भारतमा निर्मित यो ट्याक्टरलाई कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले हिजो सार्वजनिक गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले यो नयाँ ब्रान्डको ट्याक्टरलाई सार्वजनिक गरेका हुन् । कृषि कार्यमा प्रयोग हुने यो ट्याक्टर ४० हर्स पावरदेखि ९० हर्स पावर क्षमतासम्म उपलब्ध रहने बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको आधुनिकीकरणमा ट्याक्टर जस्ता आधुनिक उपकरणको भूमिका उल्लेख्य रहने भन्दै यस्ता साधनको उत्पादन नेपालमै गर्न आह्वान गरे । नेपालमा उत्पादन गर्दा विद्युत समेत सस्तो पर्ने र सरकारले निःशुल्क जग्गा उपलब्ध गराउने भन्दै उनले नेपालमा यस प्रकारका साधनको महत्व बढ्दै गएका कारण स्वदेशमै बजार लिन सजिलो हुने र यहाँ उत्पादन गरेर विदेशमा समेत निर्यात गर्न उत्पादक कम्पनीलाई सुझाव दिए ।

फर्मा ट्याक्टरमा आईस्मार्ट प्रविधि जडान गरिएको छ । जसका कारण हाल बजारमा उपलब्ध अन्य ब्रान्डको तुलनामा यो आधुनिक र सुविधासम्पन्न रहेको बताइएको छ । उक्त नयाँ प्रविधिका कारण इन्धन किफायती हुने र तेल सकिन लागेको संकेत पनि ट्याक्टर आफैले जानकारी प्रदान गर्ने बिक्रेता कमपनी यति टेक्निक फार्मका अध्यक्ष तेजविक्रम थापाले बताए ।

युरोपको रोमानियामा ७५ वर्षअघि स्थापना भएको उक्त ट्याक्टरलाई बीएस३ मापदण्डमा उत्पादन गरिएको छ । उक्त ट्याक्टर हाल देशका विभिन्न ६ सहरमा उपलब्ध हुने बताइएको छ ।

नेपालमा कृषि कार्यको साथै निर्माण र ढुवानीमा समेत ट्याक्टरको प्रयोग हुने गरेको पाइन्छ । भर्खरै ट्रयाक खुलेका ग्रामीण भेगका सडकमा समेत सहजै पुग्न सक्ने विशेषताका कारण पनि यस्ता साधनलाई ढुवानीमा बढी प्रयोग गर्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

नेपाली अटोमोबाइल क्षेत्रमा कार्यरत युवा पुस्ताको एक प्रतिनिधि पात्र हुन्...

अशोक लेल्यान्ड ‘दोस्त’ मा अब ५ वर्षको वारेन्टी

अशोक लेल्यान्ड ‘दोस्त’ मा अब ५ वर्षको वारेन्टी

काठमाडौं – कमर्सियल सवारी साधनको क्षेत्रमा एक प्रतिष्ठित कम्पनी अशोक...

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...