नेपाली बजारमै आइपुग्यो पछाडि जगेडा चक्का नभएको फोर्डको नयाँ इकोस्पोर्ट एसई

काठमाडौं – भारतमा हालै सार्वजनिक भएको फोर्डको नयाँ गाडी इकोस्पोर्ट एसई भेरिएन्ट नेपाली बजारमा समेत उपलब्ध भएको छ । नेपालमा लागि फोर्डको आधिकारिक वितरक जिओ अटोमोबाइल्सले सो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो ।

फोर्ड इकोस्पोर्ट एसई पेट्रोल भेरिएन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको सो नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभीबाट लिइएको छ र यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन । ‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्वितीय वस्तुको चाहना राख्छन्, जस्तो कि इकोस्पोर्ट,’ फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड इकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पु¥याउनेछ ।’

नयाँ सुरुचिपूर्ण डिजाइन भएको टेलगेट, ड्युअल टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाएको छ । यसका अलावा यस विशेष संस्करणको इकोस्पोर्टमा बोल्ड लुक्स र ग्रिल, १६ इन्च अलोय ह्विल्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरिएन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पन्चर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेेछ ।

टाइटानियम इकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क–३ सूचना र मनोरञ्जन प्रणालीलाई एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग एकीकृत गरेको छ ।

नयाँ इकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी पेट्रोल इन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क जेनेरेट गर्छ । डिजेल इन्जिन इकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल इन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क जेनेरेट गर्छ ।

भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार इन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।

फोर्डले हालै २०२१ इकोस्पोर्ट लाइनअप प्रस्तुत गरेको थियो, जसले यसमा निम्न अतुलनिय विशेषता रहेको उल्लेख गरिएको छ ।

  • चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग राखिएको छ । 
  • एप्पल कारप्ले र एन्ड्रोईड अटो कम्प्याटिबिलिटीलाई सिङ्क–३ सूचना प्रविधिसँग जडान गरिएको छ जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो । 
  • ९ इन्चको टचस्क्रिन, इन्फोटेन्मेन्ट प्रणाली । 
  • माथिल्लो भेरिएन्टमा सनरुफ समावेश गरिएको । 
  • चालक सहायता सुविधासँग सम्बन्धित स्वचालित एचआईडी हेडल्याम्प, डीआरएल अर्थात डे टाइम रनिङ लाइट, इलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाईपर लगायत अन्य अतुलनीय सहज विशेषताहरु यसमा समावेश गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...