नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने
मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...
काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध हुने र बुकिङ खुल्ने घोषणा गरिएका चार प्रतिष्ठित गाडीको कार्यक्रम स्थगित हुने भएको छ । यसले गर्दा अब यी सबै कार्यक्रम सामान्य अवस्था कायम भए मात्र सुचारु हुने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा बैशाख १५ मै हुने घोषणा गरिएको प्रोटोन एक्स७० को भर्चुअल लन्च हालै स्थगित भएको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा निकै नै प्रतिष्ठित मानिने मलेसियाको २०१९ कार अफ द इयर अवार्ड पाएको र सुरक्षाका लागि एसियन–एनसीएपीबाट प्रोटोन एक्स७० ले ५–स्टार क्र्यास टेस्ट रेटिङ पाएको थियो ।
नेपाली बजारमा जगदम्बा मोटर्सले केही समय पहिले पहिलो गाडीको रुपमा प्रोटोन सागा भित्र्याएको थियो भने अब दोस्रो गाडीको रुपमा प्रोटोन एक्स७० भित्र्याउने सम्पूर्ण तयारी पुरा गरिसकेको बताएको थियो ।
त्यसैगरी नयाँ जिप कम्पास पनि बैशाखको मध्यमै लन्च गर्ने घोषणा पहिले नै गरिएको थियो । जिपको नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यसको बुकिङ पहिले देखि नै खुला गरिसकेको छ ।
भारतमा केही अघि सार्वजनिक जिप कम्पास नेपाली बजारमा स्पोर्ट, लंगिच्युड, ट्रायलहक र मोडल एस भेरिएन्टमा उपलब्ध हुने छन् ।
नयाँ जिप कम्पास पेट्रोल इन्जिनमा ३ भेरिएन्ट नेपालमा उपलब्ध हुने र यसको मूल्य ८४ लाख ९० हजार देखि १ करोड ११ लाख ९० हजार रुपैयाँ हुने बताइएको छ । त्यसैगरी डिजेल इन्जिनमा ६ भेरिएन्ट उपलब्ध हुने र यसको मूल्य ९९ लाख ९० हजार देखि १ करोड ३६ लाख ९० हजार रुपैयाँ सम्म हुने बताइएको छ ।
नयाँ जिप कम्पास फेसलिफ्ट हेर्दा धेरै पहिले जस्तै देखिन्छ । तर पनि कम्पनीले कम्पासको क्याबिन र सुविधाहरूमा ठूला परिवर्तनहरू गरेको छ। केही साना परिवर्तनहरू २०२१ जिप कम्पास फेसलिफ्टको बाहिरी भागमा गरिएको छ ।
नेपाली बजारमा पहिलो पटक चीनको प्रतिष्ठित कम्पनी बीएआईसीको बीजे४० प्लस गाडी पनि छिट्टै नै उपलब्ध हुने घोषणा भएको थियो । साख एन्ड कम्पनीले सो ब्रान्ड नेपाल भित्र्याउने तयारी गरेको छ । यसका लागि आधिकारिक फेसबुक पेजमार्फत देशका विभिन्न स्थानमा डिलर आह्वान गरिएको छ ।
बैशाख दोस्रो सातामा यसको वारेमा अन्य जानकारी दिने बताइएको भए पनि अब यसको पनि सम्पूर्ण प्रक्रिया प्रभावित हुने भएको छ ।
अर्को नेपाली बजारमा आउने तयारीमा रहेको प्रतिष्ठित गाडी हो सुजुकी स्विफ्ट फेसलिफ्ट । नयाँ वर्ष २०७८ को उपहारको रुपमा नेपाली ग्राहकलाई यो गाडी उपलब्ध गराउने तयारीका साथ कार्य भइरहेको सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्प स्रोतको भनाइ थियो ।
सुजुकी स्विफ्टको यो थर्ड जेनेरेसन मोडल हो । पहिलेको मोडल भन्दा सो फेसलिफ्ट मोडलमा कम्पनीले स्टाइल, फिचर र इन्जिनमा केही परिवर्तन गरेको छ ।
त्यसैगरी रेनो काइगरको बुकिङ पनि अब अनिश्चित बनेको छ । यो भन्दा पहिले नेपालमा रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगरको बुकिङ यही महिनामै खुल्ने तयारी गरिरहेको बताएको थियो ।
मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...
मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै...
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...