२०२० को विदाईः यो वर्ष सम्भावना देखाए यी ५ एसयूभीले

२०२० कोभिड–१९ को कारण अटो क्षेत्रमा निकै समस्याहरु झेल्नु प¥यो । यस्तो मुश्किल समस्याको बेलामा पनि यो वर्ष केही एसयूभीले राम्रो सम्भावना देखाएका छन् । सन् २०२० मा कोभिड–१९ को बीचमा पनि लन्च गरिएका ५ एसयूभी निकै नै चर्चित बने ।

१. न्यू जेनेरेसन हुन्डाई क्रेटा
हुन्डाइले नयाँ जेनेरेसन क्रेटा मार्चमा लन्च गरेको थियो । सो कार निकै लोकप्रिय रहयो । बिक्रीको मामलामा सो कारको सेगमेन्टमा निकै सफल पनि रहयो । नेपाली बजारमा समेत यो कारले राम्रो चर्चा पाएको छ ।

२. न्यू जेनेरेसन महिन्द्रा थार
महिन्द्रा थार महिन्द्रा सबैभन्दा चर्चित अफरोडर हो । कम्पनीले अक्टोबरमा सो कारको न्यू जेनेरेशन मोडल लन्च गरेको थियो । लन्चिङ पछि सो कारलाई भारतमा निकै शानदार प्रतिक्रिया मिलेको थियो । कम्पनीले सो कारको डेलिभरी पनि शुरु गरिसकेको छ । नेपाली बजारमा पनि सो एसयूभी छिट्टै नै उपलब्ध हुने बताइएको छ ।

३. किया सोनेट
कियाले सो कार हुन्डाई भेन्यु र मारुती सुजुकी भिटारा ब्रेजासँग प्रतिस्पर्धा गर्नको लागि लन्च गरेको थियो । सो कार भारतमा ग्राहकको मनपर्दो कार बनेको छ । सोनेटले आफ्नो सेगमेन्टमा सानदार प्रदर्शन गरिरहेको छ । नेपाली बजारमा पनि सो कार केही समय देखि उपलब्ध छ ।

४. एमजी ग्लोस्टर
यो एमजीको प्रिमियम ७ सीटर एसयूभी हो । सो कार कम्पनीले विभिन्न चार भेरिएन्टमा लन्च गरेको छ । यो एक प्रकारको कनेक्टेड कार हो । सो कार कम्पनीको आईस्मार्ट कनेक्टेड कार टेक्नोलोजीको साथमा उपलब्ध रहेको छ । नेपाली बजारमा भने यो कार अझै उपलब्ध भएको छैन ।

५. निसान म्याग्नाइट
निसान म्याग्नाइट २०२० को डिसेम्बरमा लन्च गरिएको थियो । आफ्नो सेगमेन्टमा सो कार सबैभन्दा अफोर्डेबल एसयूभी हो । नेपाली बजारमा पनि यो कार छिट्टै नै ल्याउने तयारीका साथ कार्य भइरहेको बताइएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...