बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली अटो बजारमा ह्याचब्याक कार सर्बाधिक लोकप्रिय सेग्मेन्टमा पर्छ । कम मूल्य, उच्चतम माइलेज र मर्मत सम्भार शुल्क समेत कम पर्ने हुँदा ह्याचब्याक कार मध्यम आय स्तर भएका उपभोक्तामाझ लोकप्रिय बनेको हो । चालक सहित ५ जना यात्रुले आरामदायी यात्रा गर्न सकिने यी कार कम मूल्यमै खरिद गर्न सकिन्छ ।
ड्याटसन गो
जापनिज अटो मेकर निसान अन्तर्गतको यो कार प्रिमियम सेग्मेन्टमा गनिन्छ । १२ सय सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ७५.९४ एचपी र टर्क १०४ एनएम रहेको छ । प्रतिलिटर इन्धनको खपतमा औसत १९ किलोमिटर माइलेज दिने दाबी गरिएको यसको मूल्य नेपाली बजारमा २६ देखि २८ लाख रुपैयाँसम्म पर्छ । पायोनियर मोटोकर्पले नेपाली बजारमा यसको अयात गरी कारोबार गर्दै आइरहेको छ ।
रेनो क्विड
फ्रेन्च अटो मेकर रेनो क्विड ह्याचब्याक सेग्मेन्टमा पछिल्लो समय चर्चामा रहन सफल कार हो । १ हजार सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ६८ एचपी र टर्क ९१ एनएम रहेको छ । प्रतिलिटर इन्धनको खपतमा औसत २० किलोमिटर माइलेज दिने दावी गरिएको यसको मूल्य नेपाली बजारमा २५ लाख देखि २६ लाख ४९ हजार रुपैयासम्म पर्छ । एड्भान्स अटोमोबाइलले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ ।
सुजुकी सेलेरियो
सुजुकी ब्रान्डको प्रिमियम ह्याचब्याक सेलेरियो यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने कार मध्येमा गनिन्छ । १ हजार सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ५० किलोवाट र टर्क ९० एनएम रहेको छ । प्रतिलिटर इन्धनको खपतमा औसत २० किलोमिटर माइलेज दिने दाबी गरिएको यो कारको मूल्य नेपाली बजारमा २५ लाख देखि २७ लाख ४९ हजार रुपैयाँसम्म पर्छ । सीजी मोटोकर्पले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ ।
सुजुकी अल्टो
इन्ट्रि लेबलको सबैभन्दा सस्तो र बलियो कारका रुपमा चर्चा बटुलेको अल्टोले नेपालको ट्याक्सी बजारमा एकछत्र बजार लिन सफल भएको छ । ८ सय सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ४७.३ एचपी र टर्क ६९ एनएम रहेको छ । प्रतिलिटर इन्धनको खपतमा औसत २२ किलोमिटर माइलेज दिने दाबी गरिएको यो कारको मूल्य नेपाली बजारमा १९ लाख देखि २३ लाख रुपैयाँसम्म पर्छ । सीजी मोटोकर्पले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ ।
सुजुकी एस–प्रेसो
एसयुभी प्रेरित लुक्स तथा डिजाइन भएको एस–प्रेसोले नेपाली बजारमा खासै चर्चा बटुल्न नसके पनि भारतीय बजारमा भने यसलाई लोकप्रिय कारका रुपमा लिने गरिन्छ । । १ हजार सीसी इन्जिन क्षमताको यो कारको अधिकतम पावर ६७ किलोवाट र टर्क ९० एनएम रहेको छ । प्रतिलिटर इन्धनको खपतमा औसत २१ किलोमिटर माइलेज दिने दाबी गरिएको यो कारको मूल्य नेपाली बजारमा २३ लाख देखि २५ लाख ४९ हजार रुपैयाँसम्म पर्छ । सीजी मोटोकर्पले नेपाली बजारमा यसको आयात गरी कारोबार गर्दै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...