ई-ड्राइभ नेपालले ५० एमजी विन्डर ईभी प्रयोग गर्ने, १६ ईभी हस्तान्तरण
काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला...
नेपाली अटोमोबाइल बजारमा प्रिमियम र वातावरणमैत्री सवारीसाधनको आकर्षण तीव्र रूपमा बढिरहेको छ । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपोमा १ करोडदेखि ३ करोड रुपैयाँसम्मका अत्याधुनिक हाइब्रिड एसयूभीहरू सार्वजनिक भएसँगै नेपाली सवारी बजारमा नयाँ तरंग छाएको छ । पेट्रोल इन्जिनको दमदार क्षमता र इलेक्ट्रीक मोटरको उच्च कार्यक्षमतालाई एकै ठाउँमा जोड्ने हाइब्रिड तथा ईआरईभी प्रविधिले सवारीधनीहरूलाई रेन्जको चिन्ताबाट पूर्ण रूपमा मुक्त गराउने अपेक्षा गर्न सकिन्छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपोले नेपाली सवारी बजार अब पूर्ण रूपमा प्रिमियम, वातावरणमैत्री र आधुनिक हाइब्रिड युगमा प्रवेश गरिसकेको प्रस्ट पारेको छ । उच्च प्रदर्शन, अत्याधुनिक प्रविधि र लामो दूरीको यात्रा सहज बनाउने यी हाइब्रिड एसयूभीहरूले नेपाली ग्राहकका लागि नयाँ र प्रिमियम विकल्प खडा गरिदिएका छन् ।
बीवाईडी डेन्जा
नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रिमियम लक्जरी हाइब्रिड एसयूभी डेन्जा बी फाइभ २ करोड ९७ लाख रुपैयाँमा बिक्री सुरु गरेको छ । १४९७ सीसी टर्बो इन्जिन, ३१.८ किलोवाटआवरको एलएफपी ब्याट्री र ८३ लिटर फ्युल ट्याङ्की रहेको यस अल–ह्विल ड्राइभ एसयूभीमा संयुक्त ४२५ किलोवाट पावर रहेको छ । यसले मात्र ४.८ सेकेन्डमा ० देखि १०० किमी÷घण्टाको गति भेट्टाउँछ । फुल ट्याङ्की र ब्याट्री फुल हुँदा यसले ८५० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज प्रदान गर्छ भने ईभी मोडमा मात्रै ९० किलोमिटर यात्रा तय गर्न सकिन्छ ।

आइकार भी२७
एसपीजी अटोमोबाइल्सले नेपालकै पहिलो ईआरईभी (एक्सटेन्डेड–रेन्ज इलेक्ट्रीक भेहिकल) प्रविधिको रफ एन्ड टफ अफरोड एसयूभी आइकार भी–२७ सार्वजनिक गरेको छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ३४.३ किलोवाटआवरको ब्याट्रीप्याक रहेको यस गाडीको अल–ह्विल ड्राइभ मोडलले ३३६ किलोवाट पावर र ५०५ न्यूटन मिटर टर्क उत्पादन गर्छ । प्योर इलेक्ट्रीक मोडमा २१० किलोमिटर चल्ने यो गाडीले फुल ट्याङ्की इन्धनसहित करिब १२ सय किलोमिटरको विशाल रेन्ज दिन्छ । ५०५५ एमएम लम्बाइ भएको यस एसयूभीमा १५.४ इन्चको २.५के डिस्प्ले, स्न्यापड्रागन ८२९५पी चिपसेट, २३ वटा स्पिकर र लाइडार प्रविधिमा आधारित लेभल–२ एडास सुरक्षा प्रणाली दिइएको छ । यस प्रिमियम र अत्याधुनिक प्रबिधीयुक्त एसयूभीको मुल्य १ करोड ८० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

टोयोटा -याभ४
युनाइटेड ट्रेडर्स सिण्डिकेटले छैटौं जेनेरेसनको टोयोटा ¥याभ४ हाइब्रिड एसयूभी २ करोड १३ लाख रुपैयाँमा लन्च गरेको छ । २.५ लिटर फोर–सिलिन्डर इन्जिनसहितको यो सेल्फ–चार्जिङ हाइब्रिड गाडीले २४० पीएस संयुक्त पावर उत्पादन गर्छ, जुन अघिल्लो मोडलको तुलनामा १८ पीएसले बढी हो । यसको अत्याधुनिक क्याबिनमा १२.३ इन्चको डिजिटल क्लस्टर, १२.९ इन्चको टचस्क्रिन, ओटा सफ्टवेयर र टोयोटाको सबैभन्दा नयाँ टोयोटा सेफ्टी सेन्स ४.० एडास प्रविधि समावेश गरिएको छ ।

बीएआइसी बीजे३०ई
लक्ष्मी ग्रुपले १ करोड १९ लाख ९६ हजार रुपैयाँ कायम गरेर बीएआइसी बीजे–३०ई हाइब्रिड एसयूभीको बिक्री थालेको छ । म्याजिक कोर हाइब्रिड इन्जिनयुक्त १.५ लिटर टर्बो यस एसयूभीले ५१ लिटर पेट्रोलबाट १ हजार किलोमिटरसम्म गुडाउन सकिने उत्कृष्ट माइलेजको दाबी गरेको छ । २१५ एमएम ग्राउन्ड क्लियरेन्स, २५ डिग्री अप्रोच एङ्गल, ३० डिग्री डिपार्चर एङ्गल र पानीको लेभल नाप्ने विडिङ मोडले गर्दा यो अफरोडका लागि निकै उपयुक्त छ । यसको क्याबिनमा १४.६ इन्चको स्क्रिन, ८ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा उपलब्ध छन् ।

एमजी एचएस
एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नाइमा एक्सपोमा विश्वव्यापी रूपमा लोकप्रिय एमजी एचएसको प्लगइन हाइब्रिड र हाइब्रिड दुवै मोडल बिक्री सुरु गरेको छ । कम्पनीले एचएस प्लगइन हाइब्रिडको मूल्य १ करोड ३९ लाख ९९ हजार रुपैयाँ र एचईभीको मूल्य १ करोड १९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको गरेको छ भने एक्सपोको अवसरमा यी ३ लाख रुपैयाँ छुट उपलब्ध गराएको छ । १.५ लिटर टर्बो इन्जिन र १३५ किलोवाट इलेक्ट्रीक मोटरको संयुक्त २९५ बीएचपी पावर रहेको यस गाडीले ६.१ सेकेन्डमै १०० किमीको गति पकड्ने सामाथ्र्य राख्दछ । प्योर ईभी मोडमा १२० किमीसम्म रेन्ज दिने यो एसयूभीमा प्रति किलोमिटर कार्बन उत्सर्जन केवल १२ ग्राम मात्र हुन्छ । यसमा ५०७ लिटरको बुट स्पेस, डुअल १२.३ इन्च स्क्रिन, ३६० डिग्री क्यामेरा र भेन्टिलेटेड सिट जस्ता सुविधाहरू छन् ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...