बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टीभीएसले हालै अपडेट गरिएको अपाचे २०० फोरभी लन्च गरेको छ । भारतमा लन्च गरिएको सो बाइक नेपाली बजारमा भने केही समय पछि मात्र आउने सम्भावना छ । २०२१ मोडलको सो बाइकमा कस्मेटिक परिवर्तन मात्र नगरी अन्य महत्वपूर्ण परिवर्तन समेत गरिएको छ ।
अपाचे २०० फोरभी बाइक नेपाली बजारमा समेत निकै लोकप्रिय बाइकमा गनिन्छ । नयाँ अपडेटेड मोडल आए पछि झन् यसको महत्व पक्कै पनि बढ्ने छ । हालको नयाँ मोडलमा गरिएका विभिन्न पाँच विशेषता यस्ता छन् ।
राइड मोड
२०२१ अपाचे २०० फोरभीमा गरिएको सबैभन्दा ठूलो परिवर्तन नै यसमा भएका विभिन्न राइड मोड हो । यसमा स्पोर्ट्स, अर्वान र रेन गरी तीन राइड मोड उपलब्ध छन् । आवश्यकता अनुसार यी मोड सेलेक्ट गर्दा इन्जिनले पनि त्यही अनुसारको कार्य गर्छ र राइड क्वालिटी बढाउँछ ।
एड्जस्टेबल सस्पेन्सन
हामीले विभिन्न मोटरसाइकलमा प्रिलोड एड्जस्टेबल रियर सस्पेन्सन देख्न सक्छौ । तर यही क्याटागोरीमा एड्जस्टेबल फ्रन्ट सस्पेन्सन भएको अपाचे २०० फोरभी पहिलो बाइक बनेको छ । यसको फ्रन्ट र रियर दुवै सस्पेन्सन शोवा कम्पनीले उपलब्ध गराएको छ, जुन प्रिमियम ब्रान्ड हो ।
एड्जस्टेबल ब्रेक तथा क्लच लिभर
राइडरको कम्फर्टका लागि टीभीएसले धेरै कार्य गरिरहेको छ । नयाँ अपाचे २०० फोरभीमा थ्री–स्टेप एड्जस्टेबल ब्रेक तथा क्लच लिभर छ । लिभरलाई विशेष तरिकाले एड्जस्ट गरिएको छ, जसले गर्दा राइडरहरुले इर्गोनोमिक रुपमा कम्फर्टको अनुभव गर्न सक्छन् ।
सुधारिएको ब्रेकिङ
टीभीएसले यसको ब्रेकिङका लागि पनि विशेष प्रकारले कार्य गरेको बताएको छ । यसकारण यसको ब्रेकिङ क्षमता अझै चुस्त बनेको छ भने ब्रेकिङ पर्फमेन्स पनि राम्रो भएको छ ।
तौलमा कमी
विभिन्न फिचर थपिएकाले बाइकको तौल पनि बढ्नु पर्ने अनुमान धेरैको हुन सक्छ । तर टीभीएसको अपाचे २०० फोरभीमा त्यस्तो भएको छैन । यसको तौल मात्रै छ र यसका कारण पावर–टु–वेट रेसियो र फ्युल इफिसियन्सी आदिमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
बजाज पल्सर एनएस २०० को प्रतिस्पर्धि यो बाइकमा भएका फिचर पल्सरमा भने छैनन् । टीभीएसले यसमा नयाँ मेट ब्लु कलर समेत थप गरेको छ । हेरौ, आगामी दिनमा यी दुई बाइकको बीचमा कस्तो प्रतिस्पर्धा हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...