दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान
काठमाडौं – नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार...
स्कोडा इन्डियाले मध्यम आकारको सेडान स्कोडा स्लाभिया भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सेडान लन्चसँगै प्रि–बुकिङ सुरु गरिसकेको छ र आगामी वर्षको पहिलो त्रैमासिकबाट डेलिभरी सुरु गर्नेछ ।
स्कोडा स्लाभियालाई तीनवटा ट्रिम एक्टिभ, एम्बिशन र स्टाइलमा उपलब्ध गराइएको छ । कम्पनीले यो कार क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, टोर्नाडो रेड र क्रिस्टल ब्लू गरी पाँचवटा रङमा उपलब्ध गराउनेछ । स्कोडा स्लाभियाका केही विशेष कुराहरू जानौं ।
डिजाइन प्लेटफर्म
स्कोडा स्लाभिया कम्पनीको एमक्युएबी एओ इन प्लेटफर्ममा आधारित छ । सो प्लेटफर्मले स्कोडा कारको स्थानीयकरण प्रदान गर्छ । जसलाई ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखि परिमार्जन गर्न सकिन्छ ।
स्कोडा ¥यापिड भन्दा ठुलो
स्कोडा स्लाभियाको डिजाइन स्कोडा -यापिडबाट प्रेरित छ । यद्यपि यो सेडान -यापिड भन्दा ठूलो छ । स्कोडा स्लाभियाको लम्बाई ४५४१ एमएम, चौडाइ १७५२ एमएम, उचाई १४८७ एमएम र ह्वीलबेस २६५१ एमएम छ । सेडानको इन्टेरियरमा बढी लेगरूम, हेडरूम र बुट स्पेस रहेको छ । ठूलो व्हीलबेसको कारण स्लाभिया उच्च गतिमा पनि अधिक नियन्त्रणमा रहन्छ ।
सेफ्टी फिचर
स्कोडा स्लाभियामा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टच सेन्सेटिभ एसी कन्ट्रोल, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामेरा, एलईडी हेडल्याम्प, कुल्ड सिट, वायरलेस चार्जिङ आदि फिचर समावेश गरिएको छ । साथै सेफ्टी फिचरको लागि ६ एयरब्याग, मल्टि–कोलिजन ब्रेक, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामेरा जस्ता फिचर छ । स्कोडा स्लाभियामा साइड पोल र रियर इम्प्याक्टको लागि पनि परीक्षण गरिएको छ ।
इन्जिन
स्लाभियामा १.० लिटर र १.५ लिटर टीएसआई पेट्रोल इन्जिन समावेश गरिएको छ । सेडानमा ६ स्पिड म्यानुअल र ७ स्पिड डीएसजी गियरबक्स विकल्पको रुपमा उपलब्ध छ । इन्जिन पावरको हिसाबले १.०–लिटर इन्जिनले ११३ बीएचपी पावर दिन्छ भने १.५ लिटर इन्जिनले १५० बीएचपी पावर जेनेरेट गर्छ ।
मूल्य
हालसम्म, स्कोडाले स्लाभियाको मूल्य खुलाएको छैन । यसमा स्कोडा ¥यापिडबाट प्रिमियम फिचर र स्पेसिफिकेशनसहित ल्याइएको हो, त्यसैले यसको मूल्य -यापिड भन्दा बढी हुनेछ ।
स्कोडा -यापिड भारतीय बजारमा ७ लाख ७९ हजार देखि १३ लाख २९ हजार भारु मूल्यमा बिक्री भइरहेको छ । स्लाभियाको मूल्य ११ लाखदेखि १५ लाख भारुसम्म रहेको अनुमान गरिएको छ । लन्च भएपछि सो सेडानले होन्डा सिटी, हुन्डाई भर्ना र मारुती सुजुकी सियाज कारसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार...
काठमाडौँ -युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक...
स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...