फागुन मसान्त सम्म बाइक नवीकरण गर्दा जरिवाना छुट : यस्ता छन् प्रदेश सरकारले ल्याएको छुटहरु

काठमाडौं – वाग्मती प्रदेश सरकारले हिँजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बाइक नवीकरणमा छुट देखि विद्युतीय सवारी साधनको पूर्वाधार निर्माणको विस्तार सम्मका क्षेत्रहरु समेएिका छन् । बजेटमा उल्लेख गरिए अनुसार मोटरसाइकल अर्थात स्कुटरको कर फागुन मसान्तसम्म भुक्तानी गरे यसअघिका सम्पूर्ण जरिवाना मिनाहा गरिनेछ ।

यो व्यवस्थासँगै यसअघि विभिन्न कारणले समयमै कर भुक्तानी गर्न नसकेका उपभोक्तालाई राहत मिल्ने भएको छ । यसैगरी बजेटमा विद्युतीय साधनको प्रवद्र्धन गर्न निजी क्षेत्र र विद्युत प्राधिकरणसँग समन्वय गरी पूर्वाधार विस्तार गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले राजमार्गमा प्रदूषण चेक गर्ने व्यवस्था समेत मिलाउने भएको छ । उक्त व्यवस्थाका लागि निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख गरिएको छ । यातायात क्षेत्र विकास र सुधारको लागि ट्रक पार्कको समेत निर्माण गरिने उल्लेख छ ।

यसैगरी लाइसेन्स वितरण प्रक्रिया स्वचालित बनाउने, यातायात कार्यालयहरुमा रहेका अभिलेख र यस्ता कार्यालयले प्रदान गर्ने सवै सेवा डिजिटाइजेसन गर्ने लगायतका विषयहरु बजेटमा समावेश भएका छन् ।

सम्बन्धित समाचारहरू

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने...

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

ओभरल्यान्ड–ईले हालै नयाँ इलेक्ट्रिक कार जेनेरेसन–२ सार्वजनिक गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...