ईभीमा कर यथावत राखेर ठीक गरेँ : अर्थमन्त्री पौडेल

काठमाडौं–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारीसाधनको कर यथावत राखेर ठीक गरेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित बजेटबारेको अन्तक्र्रियामा उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन् । उनले भने, ‘ईभीमा कर नबढाएर ठीक गरेँ भन्ने लाग्छ ।’

व्यवसायीले सरकारले नयाँ बजेटमार्फत ईभीको कर बढ्न सक्ने भन्दै आयात तीव्र पारेका थिए । तर उनीहरुले सोचेजस्तो नभएर ईभीको कर यथावत नै राखिएको छ ।

उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको सङ्केत गरे । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।

बजेटमार्फत केही नीतिगत सुधारका विषय अघि सारिएको अर्थमन्त्री पौडेलको भनाइ छ । आर्थिक विकास र समृद्धिका लागि वैकल्पिक वित्तमार्फत स्रोत परिचालन गर्ने नीति लिइएको उनले बताए ।

सम्बन्धित समाचारहरू

साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

काठमाडौं – साझा यातायातले अब इलेक्ट्रिक माइक्रोबस समेत चलाउने भएको छ ।...

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

नेपाली बजारका लागि लामो समयदेखी प्रतिक्षा गरिँदै आएको वुलिङ एयर इभीको...

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

काठमाडौं–लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...