फिएटले २०२१ सम्ममा आफ्नो ६० प्रतिशत कार इलेक्ट्रिक कारमा परिवर्तन गर्ने

विश्वका हरेक अटो निर्माता कम्पनीले इलेक्ट्रिक कार उत्पादन अभियानमा लागेका छन् । आउँदो केही वर्षमा सम्पूर्ण कारलाई फ्युल लेस बनाउने भएको छ । यसको लागि विभिन्न कम्पनीले प्रयास गरिरहेका छन् ।

भारतमा टाटा मोटर्स, हुन्डाई, एमजी, महिन्द्रा, मर्सिडिज समेत अन्य कम्पनीले इलेक्ट्रिक कार लन्च गरिसकेका छन् । साथै आउने समयमा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा रहेका छन् ।

इटालीको लोकप्रिय कार निर्माता कम्पनी फिएट क्रिस्लर अटोमोबाइल्सले आउँदो १ वर्ष भित्र ६० प्रतिशत कारलाई इलेक्ट्रिक भेरिएन्टमा लन्च गर्ने घोषणा गरेको छ । जसमा फिएट ५०० एक्स र फिएट टिपो समेत अन्य कार रहेको छ ।

भारतमा फिएटको सब्सिडी फिएट इन्डिया अटोमोबाइलको केही कार आउने समयमा इलेक्ट्रिक भेरिएन्टमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि भारतमा फिएटले कार लन्च गर्न बन्द गरेको छ तर कम्पनीले फिएट लिनिया र फिएट प्लुटो समेत अन्य कार इलेक्ट्रिक भेरिएन्टमा लन्च गर्ने सम्भावना रहेको छ ।

फक्सवागन र होन्डा समेत अन्य लोकप्रिय कम्पनीले पनि इलेक्ट्रिक भेइकल निर्माणमा जोड दिने र बढी भन्दा बढी इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने घोषणा गरेका छन् । फिएट कम्पनीले पनि टेस्ला कम्पनीसँग साझेदारीमा इलेक्ट्रिक कार बनाउने घोषणा गरेको छ । फिएटले आउने समयमा फिएट ५०० इलेक्ट्रिक र फिएट ई–डुकाटोको साथमा पान्डा र लान्सियाको हाइब्रिड मोडल सार्वजनिक गर्नेछ ।

भारतमा हाल टाटा मोटर्सको टाटा नेक्सन ईभी, एमजीको एमजी जेडएस ईभी, महिन्द्राको ई–केयूभी१००, हुन्डाईको हुन्डाई कोना इलेक्ट्रिक कार उपलब्ध रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...