युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् । कारमा जडान गरिने सम्पूर्ण फिचर प्रयोगमा भने आउँदैन । यद्यपि ग्राहकलाई यी फिचरको पनि रकम लिएको हुन्छ । लक्जरीका लागि आवश्यक मानिने यी फिचर नभए पनि हुन्छ, तर धेरैले यी फिचर भएका कार रुचाउने गरेका हुन्छन् ।
कारमा अनावश्यक फिचरको बारेमा जान्न आवश्यक छ ।
सनरुफ
कारमा सनरुफ जस्ता फिचर पनि जडान गरिएको हुन्छ । तर यो फिचर ग्राहकहरुले खासै प्रयोग गर्दैनन् । यो मूल रूपमा युरोप जस्ता देशमा बाहिर मौसम अनुभव गर्न डिजाइन गरिएको हुन्छ, जहाँ घाम विरलै देखिन्छ ।
अटोमेटिक हेडलाइट
लक्जरी कारमा अटोमेटिक हेडल्याम्प प्रदान गरिएको हुन्छ । अटो हेडल्याम्पमा एउटा लाइट सेन्सर जडान गरिएको हुन्छ, जसले अँध्यारो हुने वित्तिकै हेडलाइट अन गर्छ । तर यो काम म्यानुअल रूपमा प्रयोग गरेर पैसा बचत गर्न सकिन्छ ।
अटोमेटिक वाइपर
अटोमेटिक वाइपरले विन्डशील्डमा पानी पत्ता लगाउन सक्छ, जसलाई रेन सेन्सिङ वाइपर पनि भनिन्छ । अटो हेडल्याम्प जस्तै यो पूर्ण रूपमा ओभररेट गरिएको हुन्छ किनभने यो कार्य म्यानुअल रूपमा गर्न सकिन्छ ।
जेस्चर कन्ट्रोल
जेस्चर कन्ट्रोल फिचरले चालकको ध्यान भट्काउन सक्छ । नब वा अन्य कन्ट्रोल्सको उपयोग गरेर भोल्युम स्तर सेटिङ कन्ट्रोल गर्न सकिन्छ ।
भ्वाइस कमाण्ड
कारमा अझै पनि सो फिचरको सुधार गर्न आवश्यक छ । अधिकांश समय भ्वाइस कमाण्ड प्रयोग गर्दा सफ्टवेयरले कमाण्ड पहिचान गर्न असफल भएको हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...