फोटोन मोटर्सको विश्व स्तरीय एम्बुलेन्स अब नेपालमा, यस्तो छ विशेषता

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ । उक्त एम्बुलेन्स नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको भएको कम्पनीको भनाइ छ ।

सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पिकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्याण्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम क्याटगोरी A र B मा उपलब्ध गराएको कम्पनीका सेल्स हेड नविन आचार्यले जानकारी दिएका छन् ।

जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्ससँग सहकार्य गरेको छ । यसले डिजेल इन्जिनमा फोटोनका गाडीहरु निकै शक्तिशाली रहेका छन् ।

यस्तो छ टुनल्यान्ड एम्बुलेन्स
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब फोर ह्विल ड्राइभ, पावर स्टेयरिङ, सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र संचालन गर्न पाउनेछन्, त्यसमा टुनल्यान्ड एम्बुलेन्स सबै मापदण्ड पुरा गर्ने कम्पनीले जनाएको छ । एम्बुलेन्स भित्र एउटा विरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु उपलब्ध रहेको र जसका कारण बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीले बताएको छ । साथै अस्पतालहरुको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले बताएको छ ।

टुनल्यान्ड एम्बुलेन्समा २.८ लिटर क्षमताको डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले १२० किलोवाट पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३६० एनएम रहेको छ । फोर बाई फोर सिस्टम जडान भएको यो पिकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पिकअपमा ५ स्पिड म्यानुअल गियरबक्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख

नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख

काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...

भारतमा १० हजार करोड लगानी थप्दै स्कोडा अटो र फक्सवागन, ईभी उत्पादनमा जोड दिने

भारतमा १० हजार करोड लगानी थप्दै स्कोडा अटो र फक्सवागन, ईभी उत्पादनमा जोड दिने

स्कोडा अटो र फक्सवागन इन्डियाले भारतमा ठूलो लगानी थप्ने भएका छन् ।...

केवल २० मिनेटमै बिक्री भयो स्कोडा अक्टाभिया आरएस

केवल २० मिनेटमै बिक्री भयो स्कोडा अक्टाभिया आरएस

स्कोडा इन्डियाको नयाँ सेडान अक्टाभिया आरएसले बजारमा अप्रत्याशित सफलता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...