टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार...
दाउन्ने भन्ने बित्तिकै हामी सबैको मनमा एउटा तरङ्ग पैदा हुन्छ, त्यो तराईको बीचमा उकाली ओराली अनि लामो जाम । तराईको बीचको पहाड । अझै रोचक त हाल नेपाल संघीय राज्यमा प्रवेश गरिसकेको अवस्थामा पूर्व पट्टिको भाग गण्डकी प्रदेशमा पर्दछ भने बीच तिरबाट पश्चिम पट्टिको भाग लुम्बिनी प्रदेशमा पर्दछ ।
नेपालभरकै दुर्घटनाको तथ्यांकलाई ओैंल्याएर हेर्ने हो भने दाउन्ने यस्तो ठाउँ हो जहाँ अत्याधिक रुपमा साना तथा ठुला दुर्घटना हुने गर्दछन् । प्रायः हामीले गर्ने यात्रामा भारतीय नम्बर प्लेटका सवारी साधन त्यसमा पनि मालबाहक ट्रकहरु पर्ने गरेको देखिन्छ । हामीले कैयन पहिले देखि दाउन्नेलाई धुलो, घुमाउरो र जामै जामको नागवेली बाटोको रुपमा लिने गर्दछौं । कैयन सवारी साधनलाई अस्तब्यस्त बनाउने दाउन्ने सुध्रिएको हेर्ने कसलाई रहर छैन होला र ?
राजा महेन्द्रको पालामा वि.सं. २०१९ बैशाख १ गते उद्घाटन गरेर २ लेनको बनाइएको यो बाटो पुनः यसै शताब्दीमा आएर चार लेनको बनाउने उद्देश्यका साथ २०७५ चैत ८ गते सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । अलिक महंगो बजेटको भएको कारणले पनि नारायणगढ–बुटवल सडकखण्डको टेन्डर चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कम्पनी’ ले ग्लोबल टेन्डरमार्फत टेन्डर हात पारेर काम सुचारु गरेको हो ।
बुटवल–नारायणगढ सडक खण्डको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख बराबरको छ भने जम्मा ११५ किमी लम्बाई रहेको छ । शुरुवात गरेको ४२ महिनामा सक्नु पर्ने गरी काम थालनी भए पनि हाल सम्म निर्माण कम्पनी तथा सडक डिभिजनको तथ्यांकका अनुसार ४ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विगत २ बर्ष देखि नारायणगढ–बुटवल जोड्ने सडक चौडा गर्ने काम त भएको छ तर कछुवाको गतिमा । सम्बन्धित निकायलाई प्रश्न गर्दा निर्माण कम्पनीले बनलाई दोष लगाउने, बनले बिद्युतलाई दोष लगाउने, बिद्युतले सरकारलाई दोष लगाउने । आखिर सबै सरकारका अंगहरुको आरोप प्रत्यारोपका वीच विगतको १ बर्ष त्यत्तिकै बित्यो ।
त्यसै क्रममा कोरोना महामारी बनेर आयो । रोग भन्दा हल्ला बढी फैलाउने काम भयो । तर पनि त्यस बखत पनि कैयन पुलहरु बनिसकेको र बनिरहेको अवस्था भने हो ।
यदि नेपाल सरकारले आम नागरिकको पिडा बुझ्ने हो भने चिनियाँ कम्पनीसँगको समन्वयमा सर्बप्रथम धेरै निर्माण व्यवसायीलाई किलोमिटरको हिसाबले काम दिएर भए पनि दाउन्नेको बाटो बनाउनु पर्ने देखिन्छ । आम नागरिकले पाएको सास्ती वर्णन गरेर नसकिने अवस्थामा व्यवसाय, जागिर गर्ने तथा विरामी परेर छिटो वारपार गर्छु भन्ने सोच राखेर हिडियो भने कति बेला गन्तव्यमा पुगिने हो कुनै निश्चित छैन । मैले यात्रा गर्दै गर्दा इमर्जेन्सीको साइरन बजाउदै सेतो एम्बुलेन्स जाममा लाइन बसेको देखेर आफैलाई नरमाइलो लाग्यो । हामी कतै योजनाविहीन काम गरेर राष्ट्रलाई नै गिज्याईरहेका त छैनौं ? विगतमा मुग्लिन सडक खण्डले पनि यसै गरि तर्साउने गर्दथ्यो अहिले दाउन्नेको उकालोले तर्साउँछ । कुनै पनि विकास हुनु पूर्व केही न केही ध्वंस हुन्छ त्यो स्वभाविक प्रक्रिया हो तर यसरी अस्तव्यस्त तवरबाट बाटो निर्माण गर्दा निकै धेरै सास्ती आम नागरिकलाई भएको छ ।
हिन्दु ग्रन्थ अनुसार दाउन्नेदेवी मन्दिर पनि त्यस क्षेत्रमै पर्ने हुँदा हामी छिटो काम सक्ने सद्वुद्धि भौतिक योजना तथा निर्माण मन्त्रालयलाई दिनको लागि अनुरोध गर्न सक्छौ । हाम्रो यात्रामा आफ्नो निजी सवारीलाई ध्वस्त बनाउदै जय जय दाउन्नेदेवी भन्दै चलाउनुको विकल्प दिलाईदेउ । एउटा गाडीमा सानो समस्या देखा पर्ने बित्तिकै दोहोरो तर्फ सयौं गाडीको लाम लाग्ने अवस्थाको अन्त्य छिट्टै नै हुनु आवश्यक भइसकेको छ ।
भारतमा सस्ता मुल्य पर्ने गाडी सरकारको भन्सार महसुलकै कारणले गुणात्मक रुपमा नेपालमा महंगो पर्न जान्छ र पनि नेपाली प्रयोगकर्ताले सवारी साधनको प्रयोगलाई तीव्रता दिएकै पाइन्छ । सवारी धनीले बर्ष–बर्षमा सडक दस्तुर बुझाएकै हुन्छन् । सरकाले तोकेको समयमा १ दिन ढिला भयो भने जरिवाना सहित पनि तिरेकै हुन्छन् तर त्यही सडक कर तिरेर आफ्नो रगत पसिना गरेर महंगो मूल्यमा खरिद गरेको बाटोले गाडीमा भएको क्षतिपूर्ति पाउन सकिदैन ।
म एउटा आम नागरिकको हिसाबले सरकारसँग कुनै गुनासो छैन किनकी क्षमता अनुसारको काम गरेकै छ । ग्लोबल टेन्डरमा काम भइरहेको अवस्थामा यदि कानुनी हिसावबाट मिल्ने भए त नेपाल निर्माण व्यवसायी महासंघले यस सम्बन्धी योजना पेश गरोस् र छिट्टै सडक निर्माण सक्ने वातावरण बनोस् ।
यस्तै सपना देख्दा देख्दै २ घण्टा ३३ मिनेटमा जाम खुलेछ र साइडको गुरुले ‘ओ दाइ उठि हाल्नुस् जाम खुलेछ रे’ भन्दा पो झसङ्ग भए ।
मैले देखेको सपना अबका दिनमा कसेैले देख्न नपरोस् र दाउन्नेको निर्माण कार्य छिटो छरितो तवरले भएको देख्न र भोग्न पाइयोस् । यही छ कामना ।
- धनिराम भुसाल
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...