यी तथ्य थाहा पाउनु आवश्यक छ टाटा सफारी किन्नु पहिले

२०२१ टाटा सफारी भारतमा लन्च भइसकेको छ । टाटा मोटरले सो एसयूभी १४ लाख ६९ हजार भारु मूल्यका साथ लन्च गरेको हो । यसको टप इन्ड भेरिएन्टको मूल्य २१ लाख ४५ हजार भारु रहेको छ । सो एसयूभी ३० हजार भारुमा बुकिङ गर्न पनि सकिन्छ ।

टाटा मोटर्सले सो एसयूभी ६ भेरिएन्टमा लन्च गरेको छ । कम्पनीले सो एसयूभी ६ सिटर र ७ सिटर मोडलमा लन्च गरेको छ । टाटा सफारीको सबै भेरिएन्ट ७ सिटर कनफिगरेशनमा उपलब्ध रहेको छ । यद्यपि एक्सजेड प्लस र एक्सजेडए प्लस भेरिएन्टमा मात्र उपलब्ध रहेको छ ।

सो एसयूभी ३ रङमा उपलब्ध रहेको छ । यसमा डायटोना ग्रेस, रोयल ब्लु र आर्कस ह्वाइटमा रहेको छ । उक्त एसयूभीमा ५० लिटरको फ्युल ट्यांक क्षमता रहेको छ ।

यसमा ट्राइ ऐरो थिमको साथमा हल्का रिस्टाइ गरेको क्रोम स्टड फ्रन्ट ग्रिल समावेश गरिएको छ । यसको साथै प्रोजेक्टर हेडल्याम्प, ड्युअल फङ्सन एलईडी डीआरएलएसको साथमा इन्डिकेटर्स, फ्रन्ट फग ल्याम्प, सिग्नेचर ट्वीन एलईडी टेललाइट, १८ इन्चको अलोय ह्विल, रुफ रेलको साथमा ब्रान्डिङ, प्यानोरमिक सनरुफ रहेको छ ।

सो कारमा पावरको लागि बीएस६ कम्प्यान्ट भएको २.० लिटरको ४ सिलिन्डर क्रायोटेक टर्बाेचाज्र्ड डिजेल इन्जिन समावेश गरिएको छ । जसले ३७५० आरपीएममा १६८ पीएसको अधिकतम पावर र १७५०–२५०० आरपीएममा ३५० एनएमको टर्क जेनेरेट गर्छ । नयाँ सफारीको ट्रान्समिशनमा केही परिवर्तन गरिएको छैन । सो एसयूभीको इन्जिन ६ स्पिड म्यानुअल ट्रान्समिशनमा उपलब्ध रहेको छ । यसको साथै यसमा ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर युनिटको विकल्प पनि रहेको छ ।

२०२१ टाटा सफारीको लम्बाई ४६६१ एमएम, चौडाई १८९४ एमएम, उचाई १७८६ एमएम, ह्वीलबेस २७४१ एमएम र ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ । साथै सो एसयूभीमा ८.८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट युनिट समावेश गरिएको छ । यसको सिस्टम एप्पल कारप्ले र एन्ड्रोयड अटोले सपोर्ट गर्छ ।

कारको फ्रन्टमा म्याकफर्सन स्ट्रटको साथमा क्वाइल स्प्रिङ र एन्टि रोल बार रहेको छ । साथै यसको रियरमा सेमी इन्डिपेन्डेन्ट ट्वीस्ट ब्लेडको साथमा पेनहार्ड रोड र क्वाइल स्प्रिङ समावेश गरिएको छ । सो कार भारतीय बजारमा एमजी हेक्टर प्लस र हुन्डाई क्रेटा ७ सिटरसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...