बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
मोटरसाइकल आयातकर्ता कम्पनीहरुले अहिले उपत्यकामा एक्सचेन्ज क्याम्प चलाइरहेका छन् । प्रायः कम्पनीहरुले माघ महिना शुरु भएयता एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने गरेका छन् ।
सोही क्रममा बजाज, टीभीएस र यामाहा आदि एक्सचेन्ज क्याम्प चलिरहेको छ । ग्राहक लक्ष्यित योजनाहरु समावेश रहेका कारण यस्ता क्याम्पहरु सफल समेत बन्ने गरेका छन् । यी वाहेक अन्य धेरै कम्पनीहरुले प्रायः सधै नै सोरुममै एक्सचेन्जको आयोजना गरिरहेका पाइन्छन् ।
यामाहाले ल्याएको अफरमा पुरानो मोटरसाइकलको बजार मूल्यभन्दा १५ हजार थप मूल्यांकन दिने जनाइएको छ । शुरुवातमा कम्पनीले माघ ११ गतेदेखि १६ गतेसम्म उपत्यकाका त्रिपुरेश्वर, कुमारीपाटी, चावहिल र कोटेश्वर शोरुममा एक्सचेन्ज मेला आयोजना गर्ने बताएको थियो । तर, ग्राहकको आकर्षण बढ्दै गएपछि माघ महिनाभर उक्त क्याम्प सञ्चालन गरिने कम्पनी स्रोतले बताएको छ ।
एक्सचेन्ज मार्फत स्कुटर किन्न चाहने ग्राहकलाई विशेष स्किम समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।
बजाजले पनि माघ ११ गतेदेखि १६ गतेसम्म उपत्यकाका विभिन्न शोरुमहरुमा एक्सचेन्ज क्याम्प सञ्चालन गरेको थियो । बजाजले उपत्यकाको ठिमी, कलंकी, महाराजगंज, सितापाइला शोरुममा एक्सचेन्ज मेला लगाएको हो । बजाजले पनि थप १५ हजार मूल्यांकन र नगद छुट दिएको थियो ।
एक्सचेन्जमा बजाजका मोटरसाइकल किन्ने ग्राहकले डाउन पेमेन्ट वापतको लाग्ने ५० प्रतिशत रकम बुझाएमा शून्य प्रतिशत व्याजदरमा १८ महिनामा तिर्नेगरि ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने सुबिधा उपलव्ध गराइएको थियो । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाजको पल्सर सिरिज, एनएस सिरिज, एभेन्जर, डोमिनार जस्ता मोटरसाइकल विक्री गर्दै आएको छ ।
त्यसैगरी टीभीएसले पनि झन्डै १ हप्ता लामो एक्सचेन्ज क्याम्प सम्पन्न गरेको छ । कम्पनीले पनि टीभीएसको मोटरसाइकलसँग कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल साट्दा १५ हजार रुपैयाँ थप मूल्यांकन सहित आकर्षक स्किम उपलव्ध गराएको थियो ।
कम्पनीले यसरी एक्सचेन्ज मार्फत मोटरसाइकल किन्नेले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याउदा शून्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको थियो । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे सिरिजका मोटरसाइकल, एनटर्क, जुपिटर जस्ता स्कुटर र आरआर ३१० जस्ता पावर फुल मोटरसाइकल विक्री गर्दै आएको छ ।
बाँकी कम्पनीहरु होन्डा र हिरोले पनि छिट्टै क्याम्प आयोजना गर्ने बताएको छ । एक्सचेन्ज क्याम्पमा प्रायः सबैजसो कम्पनीहरुले समान प्रकारको स्किम र अफर उपलब्ध गराउने हुँदा हिरो र होन्डाको क्याम्पमा पनि मूल्यांकनमा नगद थप, नगद छुट र फाइनान्स सुबिधा प्राथमिकतामा पर्ने अनुमान लगाउन सकिन्छ । यद्यपि यी र अन्य विभिन्न कम्पनीहरुले प्रायः धेरैजसो समय एक्सचेन्जको आयोजना गरिरहेका हुन्छन् ।
यस्ता एक्सचेन्ज क्याम्प उपत्यका वाहिर समेत धेरै स्थानमा चलिरहेका छन् । फेस्टिभ सिजन पश्चात विभिन्न कम्पनीहरुले यस्ता एक्सचेन्ज क्याम्प वर्षेनी आयोजना गर्दै आएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...