वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मंगलबार इण्डोनेशियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्याधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेका हुन् ।

उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए । कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदुषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ ।

इण्डोनेशियाली सरकारले वायु प्रदुषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जा रहेको बताएको छ । इण्डोनेशियाली उद्यममन्त्री एरिक थोहिरले भने, "जकार्तामा हाल वायुप्रदुष्ण उच्च भएको छ । यो द्वीपसमूहह देशमध्येकै सबैभन्दा खराब हो । यसको कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरु हुन्, साथै उद्योगधन्दाहरु हुन् । त्यसैले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वन गर्छु । वायु प्रदुषणलाई कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जाको प्रयोग बढाउनु हो, त्यसैले सरकार परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनमा जोड दिइरहेको छ ।"

जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । इण्डोनेशियाका राष्ट्रपति जो विडोलले गत सोमवार आईतवारसम्म राजधानीको वायु गुणस्तर सूचकांक १५६ रहेको बताए । जो वातावरणका लागि स्वस्थकर मानिँदैन ।

सम्बन्धित समाचारहरू

छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान

छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान

सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको...

सिजी मोटर्सले ल्याउने भयो ‘जेटुर’ ब्रान्डका ईभी, भयो सम्झौता

सिजी मोटर्सले ल्याउने भयो ‘जेटुर’ ब्रान्डका ईभी, भयो सम्झौता

काठमाडौं–बिद्युतिय गाडी(ईभी) को बिक्रीमा निकै आक्रमक तवरले प्रस्तुत हुँदै...

विद्युतीय सवारी -याली सम्पन्न : विद्युतीय सवारीको प्रवद्र्धनमा उर्जामन्त्रीको जोड

विद्युतीय सवारी -याली सम्पन्न : विद्युतीय सवारीको प्रवद्र्धनमा उर्जामन्त्रीको जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...