आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
काठमाडौं–नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘ई–ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १ हजार जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ ।
यस योजनाअन्तर्गत १ हजार युनिट इलेक्ट्रिक स्कुटर न्यूनतम भाडामा दैनिक तेल खर्च सरहको दरमा प्रदान गरिनेछ । आफ्नै गाडी नभएका वा कमसल सेकेन्डह्यान्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै, मासिक न्यूनतम ७२ हजार रुपैयाँसम्म आम्दानी हुने गरि राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गर्न लागिएको हो ।
यसरी उपलब्ध स्कुटरले नेपालमै उत्पादित विद्युतको प्रयोग गर्दै विदेशी इन्धनमा हुने खर्च कटौती गर्ने र स्वदेशी स्रोतको उपयोग बढाउने लक्ष्य लिएको छ ।
तपाईको बजारका संचालक सुशील सङ्र्ग्रौलाका अनुसार, योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसरहरू खुला गरिएको छ । जसअन्तर्गत कर्मचारीको रुपमा नियुक्त भएर, राइडरको रुपमा दैनिक भाडामा स्कुटर लिएर र लगानीकर्ताका रुपमा आफ्नै ईभी स्कुटर परियोजनामा राखी नियमित भाडा आम्दानी गर्न सकिन्छ ।
कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तर्राष्ट्रिय स्तरको राइड सेयरिङ कम्पनी यांगोसँग गरिएको छ । ई–ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ ।
संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिरहेका तीन संस्थामध्ये ‘तपाईको बजार’ नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बाइक, स्कुटर, गाडी, घर–जग्गा लगायतका सम्पत्तिहरूमा कारोबार गर्दै आएको मल्टिब्राण्ड शोरुम हो । ‘ई–ड्राइभ नेपाल’ पूर्णरूपमा नेपालीले बनाएको, नेपाली लगानीमै आधारित राइड सेयरिङ कम्पनी हो भने ‘परिमिता ग्रुप विदेशबाट आधुनिक दुईपांग्रे सवारी साधन आयात गर्दै आएको अनुभवी संस्था हो ।
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
काठमाडौं – एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...