इन्ट्री लेभल ह्याचब्याकमा मार्केट लिडर बन्यो रेनो क्विड, मासिक ५० युनिटका दरले बिक्री

इन्ट्री लेभल ह्याचब्याकमा सबैभन्दा बढी बिक्री हुने कार बनेको छ रेनो क्विड । विगतका वर्षहरुको तुलनामा अहिले यो सेग्मेन्टको बजार ओरालो लाग्दै गएपनि रेनो क्विडले भने बजारको नेतृत्व लिन थालेको हो ।

नेपाल भित्रिएको ५ वर्ष पुरा हुनै लाग्दा हालसम्म १ हजार ५ सय भन्दा बढी युनिट बिक्री भैसकेको यो कारकोे बिक्री पछिल्लो समय महिनामै ५० युनिट हाराहारी पुगेको आधिकारिक बितरक एड्भान्स्ड अटोमोबाइल्सका महाप्रबन्धक अधिर कुमार श्रेष्ठले जानकारी दिए । क्विड सन् २०१७ को शुरुवाती अवधिमा नेपाल भित्रिएको थियो । शुरुवाती समयमा ८ सय सीसी क्षमताको क्विडलाई बजारमा उतारेको कम्पनीले हाल १ हजार सीसी क्षमतामा नयाँ क्विड आयात गरी कारोबार गर्दै आइरहेको छ ।

इन्ट्री लेभल ह्याचब्याकमा सेग्मेन्टकै पहिलो फिचर्स उपलब्ध गराइएका कारण पनि क्विडमा ग्राहकको आकर्षण दिनप्रति दिन बढ्न थालेको श्रेष्ठको भनाइ छ । उनका अनुसार यो सेग्मेन्टमा क्विड जत्तिको प्रिमियम कार अन्य ब्रान्डसँग उपलब्ध नभएका कारण पनि यसलाई बजार लिन सजिलो भएको हो । उनले भने, ‘१.० लिटर क्षमताको यो सेग्मेन्टमा क्विड जत्तिको फिचर्स लोडेड कार अन्य ब्रान्डसँगै उपलब्ध छैन । जसका कारण यो कार ग्राहकको पहिलो रोजाइमा पर्न थालेको र पछिल्लो समय सेग्मेन्ट लिडरका रुपमा स्थापित भएको छ ।’ उनको भनाइलाई हाल सडकमा बाक्लिँदै गएको यो कारको संख्याले समेत प्रमाणित गरेको देखिन्छ ।

क्विड नेपाली बजारमा भिन्न ३ भेरिएन्टमा उपलब्ध छ । यसको आरएक्सटी ‘ओ’ एमटी भेरिएन्टको मूल्य २५ लाख ४९ हजार, क्लाइम्बरको २६ लाख ४९ हजार र अटोमेटिकको २६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । १ हजार सीसी क्षमताको इन्जिन जडान गरिएको यो कारको अधिकतम पावर ६८ बीएचपी र टर्क ९१ एनएम रहेको छ ।

सेग्मेन्टमै पहिलो फिचर्स अन्तर्गत यसमा ड्युअल एयरब्याग, इलेक्ट्रिक ओआरभीएम तथा डे एन्ड नाइट आइआरभीएम, स्पिड अलर्ट, एलईडी हेडल्याम्प, रिभर्स क्यामेरा, एन्ड्रोइड र एप्पल कारप्ले, फोर पावर विन्डो, फराकिलो क्याविन स्पेस, उच्च क्षमताको स्टोरेज र १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स लगायत फिचर्स समावेश गरिएको छ ।

क्विडलाई यो सेग्मेन्टमै सबैभन्दा बढी माइलेज दिने कार भएको कम्पनीले दाबी गरेको छ । प्रतिलिटर इन्धन खपतमा २५ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको यो कारको लुक्स समेत एसयूभी प्रेरित रहेको छ । जसका कारण पनि क्विडमा ग्राहकको आकर्षण बढ्दै गएको श्रेष्ठले जिकिर गरे ।

भारतमा सन् २०१५ मा पहिलोपटक लन्च गरिएको यो कारले सुरुवाती समयदेखि नै बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । यो कार हालसम्म ४ लाख युनिट बिक्री भैसकेको हालै कम्पनीले सार्वजनिक गरेको छ । नेपालमा सुजुकी एसप्रेसो र वागनआर, ड्याट्सन रेडी गो र हुन्डाई स्यान्ट्रोको बेस भेरिएन्टले यो कारसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

रेनो डस्टर खरिद गर्ने अन्तिम मौका, अब केही परिमार्जनका साथ आउने

रेनो डस्टर खरिद गर्ने अन्तिम मौका, अब केही परिमार्जनका साथ आउने

रेनोले आगामी दिनमा डस्टर एसयूभीलाई केही परिमार्जन सहित बजारमा ल्याउने...

रेनोको शुभ कार.–रम्भ : दसैंमा रेनो कार किन्दा ३ लाख सम्म फाइदा

रेनोको शुभ कार.–रम्भ : दसैंमा रेनो कार किन्दा ३ लाख सम्म फाइदा

काठमाडौं – नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले...

देशका १५ स्थानबाट किन्न सकिन्छ रेनो कार, यी स्थानमा भए शोरुम बिस्तार

देशका १५ स्थानबाट किन्न सकिन्छ रेनो कार, यी स्थानमा भए शोरुम बिस्तार

फ्रेन्च अटो मेकर रेनो नेपाली कार बजारमा परिचित ब्रान्ड हो । कम्प्याक्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...