गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जसमध्ये गण्डकी प्रदेशले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको वार्षिक करमा पुरानैलाई निरन्तता दिएको छ भने इलेक्ट्रिक भेइकलमा केही फेरवदल गरेको छ ।

प्रदेश सरकारले ५० किलोवाट सम्मको इलेक्ट्रिक कारमा कर नलाग्ने व्यवस्था मिलाएको छ भने त्यसमाथि १२५ किलोवाटसम्ममा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्ममा १५ हजार र २०० किलोवाट माथिका गाडीमा २० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको हकमा भने ३५० वाटदेखि १ हजार वाटसम्ममा १ हजार, एक हजार वाटदेखि १५ सय वाटसम्मकाले एक हजार ५ सय रुपैयाँ र २ हजार वाटमाथिकाले वार्षिक २ हजार रुपैयाँ कर तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

उता सुदूरपश्चिम प्रदेश सरकारले भने इलेक्ट्रिक भेइकलमा पुरानै करलाई निरन्तरता दिएर पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनमा सीसी क्षमताअनुसार कर निर्धारण गरेको छ । यो सरकाले १ हजार सीसीसम्मका कारमा वार्षिक १९ हजार, १ हजार १ देखि १ हजार ५ सय सीसीका कारमा २१ हजार, १ हजार ५ सय १ देखि २ हजार सीसीसम्मका कारमा २३ हजार र २ हजार १ देखि २ हजार ५ सय सीसीसम्मका कारमा ३२ हजार, २ हजार ५ सय १ देखी २ हजार ९ सय सीसीसम्ममा ३७ हजार र २ हजार ९ सय १ भन्दा माथि सीसी क्षमताका निजी कारमा ५३ हजार रुपैयाँ कर लाग्ने व्यवस्था गरेको छ ।

मोटरसाइकल तथा स्कुटरका हकमा १२५ सीसीसम्म २ हजार ५ सय, १२६ देखि १५० सीसीसम्म ४ हजार ५ सय, १५१ देखि २५० सीसीसम्मलाई ५ हजार ५ सय, २५१ देखि ४०० सीसीसम्मलाई ८ हजार र त्योभन्दा माथि ९ हजार रुपैयाँ वार्षिक कर लाग्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउने तयारीमा ओमोडा ईभी, यस्तो छ सी५ एसयुभी

नेपाल आउने तयारीमा ओमोडा ईभी, यस्तो छ सी५ एसयुभी

काठमाडौं– चीनबट एकपछि अर्को नयाँ ईभी ब्रान्ड आउने क्रममा ओमोडा पनि नेपाल...

कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ

कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...

६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...