नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
इजरायली कम्पनी रुटोरडटले पाँच मिनेटमा पूर्ण चार्ज गर्न सक्षम ब्याट्री पहिलो पटक उत्पादन गरेको छ । स्टोरडटले फोन, ड्रोन र स्कुटरमा आफ्नो ‘एक्सट्रिम फास्ट चार्जिङ’ ब्याट्रीको प्रदर्शन गरेको बताएको छ । अहिले कम्पनीले १ हजार व्याट्री उत्पादन गरेको छ र ती ब्याट्री आगामी दिनमा विद्युतीय कार निर्माता कम्पनीहरुलाई उपलब्ध गराइने छ ।
डेमलर, बीपी, सामसङ र टीडीके लगायत कम्पनीको स्टोरडटमा लगानी रहेको छ । हालसम्म यो परियोजनाका लागि १३० मिलियन अमेरिकी डलर उठाइसकिएको छ । यो परियोजना सन् २०२० मा ब्लुमबर्ग न्यु इनर्जी फाइनान्स अन्तर्गत रहेको छ ।
नयाँ प्रविधि अनुसारको सो ब्याट्री पाँच मिनेटमै फुल चार्ज गर्न सकिन्छ । तर यसका लागि हाल प्रयोग गरिएको भन्दा धेरै शक्तिको चार्जरको आवश्यक रहन्छ । उपलब्ध चार्जिङ पूर्वाधारको प्रयोग गरेर स्टोरडटले सन् २०२५ मा पाँच मिनेट चार्ज गर्दा एक सय ३० किमीसम्म माइलेज दिने ब्याट्री बजारमा ल्याउने योजना बनाएको छ ।
हाल बजारमा उपलब्ध रहेका इलेक्ट्रिक कारका ब्याट्री डीसी फास्ट चार्जरबाट चार्जिङ गर्न कम्तीमा पनि ४५ मिनेटभन्दा धेरै लाग्ने गर्छृ । अब भने पेट्रोल र डिजेल सवारीसाधनमा तेल भर्न लाग्ने समयमै इलेक्ट्रिक कार चार्ज हुने भएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...