पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै विद्युतीय बाइक वा स्कुटरमा रुपान्तरण गर्न सकिन्छ । सुन्दर यातायात प्रालिद्वारा सञ्चालित सुन्दर अटो इन्जिनियरिङ प्रालिले पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरलाई तीन घण्टाभित्रै विद्युतीयमा परिणत गर्न शुरू गरेको बताएको छ ।

तर यसका लागि पहिले यातायात कार्यालयमार्फत आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ । सो प्रक्रिया पुरा गरे पश्चात तीन घण्टामै यसलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

आफ्नो दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न चाहनेले बिलबुक र सवारीसाधन लिएर काठमाडौंको धुम्बाराहीस्थित सुन्दर अटो इन्जिनियरिङको कार्यालय जानु पर्छ ।

थापाका अनुसार हाल सबै ब्रान्डका स्कुटर र हिरोका बाइकलाई रुपान्तरण गर्ने प्रक्रिया प्रारम्भ भएको छ । विस्तारै अन्य कम्पनीका बाइक पनि रुपान्तरण गरिने उनले बताए ।

पेट्रोलियम पदार्थबाट चल्दै आएका बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने अभियान देशव्यापी रूपमै सञ्चालनको तयारी भइरहेको कम्पनीले बताएको छ । बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न आउने ग्राहकको संख्या बढ्दै गएको कम्पनीको भनाइ छ ।

‘पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरमा २०–२५ किलोमिटर यात्रा गर्दा १ लिटर तेल खर्च हुन्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही बाइक वा स्कुटरलाई विद्युतीय बनाएमा सोही दूरी बराबरको यात्रा गर्न ७ रुपैयाँ ५० पैसा मात्र खर्च हुन्छ ।’ कम्पनीको दाबी अनुसार हरेक २० देखि २५ किलोमिटरको यात्रामा उपभोक्ताको करीब १७१ रुपैयाँ जोगिनेछ ।

पेट्रोलियम पदार्थको प्रयोग घटाउने उद्देश्यसहित शुरू गरिएको यो अभियान काठमाडौं र बुटवलमा शुरू भइसकेको र छिट्टै ढल्केबर र नारायणगढमा समेत शुरू गरिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारीसाधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी उनले दिए ।

सुन्दर अटोले सरकार र विभिन्न संघसस्थासँगको सहकार्यमा निःशुल्क तालीम समेत सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

टेस्लाका लागि चीनको विश्व प्रसिद्ध कम्पनी बीवाईडीले उपलब्ध गराएको ब्लेड...

इकोविटले ल्यायो ‘इकोविट फेस्टिवल भाइब्स’ स्किम, सवारी खरिदमा ११ हजारसम्म छुट

इकोविटले ल्यायो ‘इकोविट फेस्टिवल भाइब्स’ स्किम, सवारी खरिदमा ११ हजारसम्म छुट

काठमाडौँ । इटालियन ब्राण्डको इकोविट कम्पनीले विद्युतीय स्कुटरका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...