हेटौडामा आइशरको रि–सेल मेला सुरु

काठमाडौं– आइसर गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लू. कमर्सिअल भेईकल प्रालिले हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल र बतास एमएडब्लुका तर्फवाट रि–सेल प्रमुख परिक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी गराएका थिए । मध्यमवर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुन मेला सहयोगी हुने उनले बताए । साथै चालकलाई लक्षित गरी २५ लाखको आकस्मिक बीमाले थप उर्जा दिने समेत उनको भनाई थियो । कार्यक्रम पौष १० गतेसम्म संचालन हुनेछ ।

आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस किसिमका कार्यक्रम ल्याउने क्रममा कम्पनीले यसअघि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स घोषणा गरेको थियो ।

क्यासलेश योजनामार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत बीमा रकम दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...