टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार...
काठमाडौं– आइशर गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लुले दशैं तिहारमा आइशर गाडी खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजना ल्याएको छ । आफ्ना उपभोक्तासँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन कम्पनीले दशैं तिहार स्कीमको घोषणा गरेको हो ।
यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउनेछन् । योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमाशाली बिजेताले मिनी इभी कार पनि प्राप्त गर्नेछन् ।
यी बाहेक चालकलाई पाँच लाख र पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।
आफूलाई माइलेजको बादशाह भन्ने आइशरले ७० भन्दा बढी देशहरूमा संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...