प्रविधि र अधिकार अभावमा २० लाख सवारी नियन्त्रण : सिठी र हातकै भरमा ट्राफिक व्यवस्थापन
काठमाडौं उपत्यकामा सञ्चालन हुने २० लाखभन्दा बढी सवारीसाधनको व्यवस्थापन...
काठमाडौँ - ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई-चलान प्रणाली आरम्भ गरेको छ।
महानगरले जथाभावी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाच्ने लगाएतका काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई-चलान प्रणालीको शुभारम्भ गरेको हो।
महानगरले बर्जित गरेका कामहरुको जरिवाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरी क्यूआर कोडसहितको ई-चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। महानगरलाई डिजिटल रुपमा सेवामैत्री बनाउने उद्देश्यका साथै ई-चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ।
ई- चलान सुरु भएसँगै अब जरिवाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए।
यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लङ्घन गर्ने वा जथाभाबी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ । अब उल्लङ्घनकर्ताले घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...