सम्मानित भए घुस अस्वीकार गर्ने ३६ ट्राफिक प्रहरी
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक...
काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) र ‘ई–चलान’ (डिजिटल चिट) आधिकारिक रुपमा प्रारम्भ गरेको छ।
ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले अब नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो।
सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिएर तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याइएको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।
‘ई–चलान’ (डिजिटल चिट)ले गर्दा अबदेखि सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने विश्वास गरिएको छ।
पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।
त्यसैगरी सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
बागमती प्रदेश–श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स नपाएका २२ लाख भन्दा बढी सवारी चालकहरुले नागरिक एपमार्फत आफ्नो लाइसेन्स नम्बर प्राप्त गर्ने भएकाले अब राहत महसुस गर्न सक्ने बताए।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन्। नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्युआर कोड देखाउने व्यवस्था गरिएको छ।
यसरी काटिन्छ ‘ई–चलान’
ट्राफिक प्रहरीले ‘ई–चलान’ डिजिटल एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन्। लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ।
यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्ने बताइएको छ।
“ट्राफिक प्रहरीको व्यवस्थापनमा ट्राफिक नियम उल्लङ्घन भएको अवस्थामा त्यसलाई रेकर्डमा राख्ने प्रणालीको विषयमा ‘ई–चलान’ (डिजिटल चिट) भनेर एउटा नयाँ प्रविधिमैत्री पद्धति प्रारम्भ भएको छ” कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले बताए।
उनका अनुसार सुशासन सरकारको प्राथमिकता मध्येको काम भएको र सुशासन भन्नाले सरकारले राज्यको तर्फबाट सबै नागरिक, सबै व्यक्ति र सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी तथा झन्झटिलो र जटिलतारहित किसिमले सेवा प्रदान गर्नु हो।
सेवा प्रदान गर्ने सन्दर्भमा प्रविधिको प्रयोगमा एउटा नयाँ आयम थप गरेको भन्दै गृहमन्त्री लेखकले “शासन–सुशासनका सबै सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै लिएर गएमा यसले सेवालाई सरल र सुलभ बनाउने मन्त्री लेखकले थपे।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित ‘शुभारम्भ कार्यक्रम’ मा प्रमुख अतिथि गृहमन्त्री लेखकका साथमा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहरा, बागमती प्रदेश–श्रम, रोजगार तथा यातायात मनत्री माननीय प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो।
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक...
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
काठमाडौं – नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...