नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
फ्रेन्च अटो निर्माता रेनोले आफ्नो चर्चित एसयूभी डस्टरलाई नयाँ डिजाइनका साथ बजारमा उतार्ने भएको छ । यो नयाँ एसयुभीको डिजाइनालाई रेनोले थप वोल्ड वनाउने जनाएको छ । भारत लगायत एसियाली मुलुकमा कम्प्याक्ट एसयूभीको माग बृद्धि भएपछि रेनोले यो एसयूभीलाई भारतमा उत्पादन गरेको थियो । तर पछि बजारमा माग कम हुँदै गएपछि उत्पादन नै वन्द गर्न पुगेको थियो ।
कम्पनीले आफ्नो नयाँ सीएमएफ–बी प्लेटफर्ममा आधारित रहेर नयाँ डस्टर बजारमा ल्याउने तयारी थालेको हो । त्यसको लागि कम्पनीले ४० अर्ब भारतीय रुपैयाँ थप लगानी गर्ने घोषणा गरेको छ ।
डस्टरको यो नयाँ मोडल हाइब्रिड इन्जिनमा उपलब्ध हुने बताइएको छ । सन् २०२४ को मध्येतिर लन्च हुने अनुमान लगाइएको यो एसयूभीमा फोर ह्विल ड्राइभको सट्टा अल ह्विल ड्राइभ उपलब्ध हुनसक्ने आँकलन गरिएको छ । हाइव्रिड इन्जिनका कारण यसको माइलेजमा समेत बृद्धि हुनेछ ।
डस्टर यसअघि नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको थियो । नेपालका लागी आधिकारिक वितरक एडभान्स अटोमोवाइल्सले ५ वर्षअघि भित्राएको यो एसयूभी अहिले पनि सडकमा राम्रै संख्यामा गुडिरहेका छन् । फोर ह्विल ड्राइभ एसयूभीमा सवैभन्दा सस्तो मोडलका रुपमा यसले चर्चा वटुलेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...