रेसिङको अन्तर्राष्ट्रिय संस्था एफआईएका पूर्व अध्यक्ष म्याक्स मोस्लेको निधन
अटोमोबाइल रेसिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनल डेल...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले पाँच दिने ड्रोन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । तालिम अन्तराष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) रिजन टु एसिया प्यासिफिकको वार्षिक क्यालेन्डर अन्तर्गत गत सोमबार २७ अप्रिलबाट शुरु भई शुक्रबार सम्पन्न भएको थियो । स्विट्जरल्याण्डस्थित ड्रोन एन्ड भर्टिकल मोबिलिटी एकेडेमीसँगको सहकार्यमा सो तालिम सञ्चालन गरिएको हो ।
अटोमोबोइल्स र मोबिलिटी, मोटर र मोटरसाइकल स्पोर्ट्स, पावरबोटिङ र ड्रोन समेतको क्षेत्रमा कार्यरत नासा नेपालको भर्टिकल मोबिलिटी क्षेत्रमा यो पहिलो अन्तर्राष्ट्रिय प्रयास हो । आज विश्वमै भर्टिकल मोबिलिटीतर्फ रुचि बढिरहेको अवस्थामा केही वर्ष देखि एफआईएले यस क्षेत्रमा कार्य शुरु गरिसकेको छ । जसको विश्वव्यापी अभियान बनाउने क्रममा एसियाली देशमा समेत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एफआईएको टेक्निकल पार्टनर समेत रहेको स्विट्जरल्याण्डको राष्ट्रिय अटोमोबाइल संघ एसटीसीद्वारा प्रवर्दित सो एकेडेमीसँग सहकार्य गरिएको नासा नेपालले जनाएको छ ।
एफआईए ड्रोन एम्बेसडर तथा ड्रोन एन्ड भर्टिकल मोबिलिटी एकेडेमीका निर्देशक निकोलस व्रिगेरको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका सहभागीलाई एन्डोराको राष्ट्रिय फेडरेसन अटोमोबिल क्लब डे एन्डोराका निर्देशक डेभिड फ्रान्सिनेटले एफआईएको ड्रोन रणनीति तथा एन्डोरामा ड्रोनमार्फत भएका सफल परीक्षण बारेमा समेत प्रस्तुती दिएका थिए ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय हाता, धुलिखेल लज रिसोर्ट तथा रोयल टुलिप काठमाडौ लगायतका स्थानमा संचालित तालिममा आइकाओको गाइडलाइन, वातावरण र उड्डयन, विभिन्न देशका उड्डयन कानुन र कार्यविधि, ड्रोनको प्राविधिक पक्ष, पर्यटन प्रवर्धन र आर्थिक रुपान्तरणमा ड्रोनको भूमिका, विश्वव्यापी अवस्था र एफआईए, ड्रोनको व्यावसायिक प्रयोग र अटोमोबाइल फेडरेसन लगायतमा विभिन्न प्रस्तुती र छलफल भएको छ ।
त्यसैगरी ड्रोन उडानको व्यवसायिक ज्ञान तथा सम्बन्धित संघको कार्य योजनामा ड्रोन बारेमा समेत सम्पूर्ण सहभागीले छलफल गरेका छन् । स्विस एम्बेसी, स्विस टुरिङ क्लब समेतको सहयोगमा संचालित सो तालिम एफआईएको आर्थिक सहयोगमा भएको हो ।
अटोमोबाइल एसोसिएसन अफ बंगलादेशका इहसान अहमद, अटोमोबाइल एसोसिएसन अफ सिंगापुरका लि वुन वी, अटोमोबाइल एसोसिएसन अफ सिलोनका इन्दुला सुमिथाराहोची तथा नेपाल अटोमोबाइल्स एसोसिएसनका अंकित भण्डारी, सिजन भट्टराई र मोतिराम इटनीले सो तालिम प्राप्त गरेका छन् ।
नासा नेपालको तर्फबाट सुवास भट्टराई तथा किरण धितालले सो कार्यकमको व्यवस्थापन गरेका थिए ।
डेढ दशक अघि संस्थागत रुपमा नेपाली अटोमोबाइल स्पोर्ट्समा प्रवेश गरेको नासा नेपालले जल देखि आकाश सम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको बताएको छ । नासा नेपालले आफ्नो कार्यक्षेत्रमा ड्रोन समावेश गरेको सन्दर्भमा यो तालिम पश्चात अब स्पोर्ट्स र मोबिलिटी दुवै क्षेत्रमा सहज रुपमा कार्य अगाडि बढाउनेछ भने बंगलादेश, श्रीलंका र सिंगापुर फेडरेसनले समेत ड्रोन र भर्टिकल मोबिलिटीमा कार्य शुरु गर्नेछन् ।
अटोमोबाइल रेसिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनल डेल...
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटो -याली र...
काठमाडौं – नेपाली मोटरसाइकल रेसर तथा कार्ट्स ड्राइभरहरूले मद्रासको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...