बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा लोकप्रिय मानिएको कम्पनी क्रसएक्सको २५०आर बाइक केही दिनमै नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक बाइकर्स नेपाल प्रालिले यो बाइक उपलब्ध गराउने बताएको छ ।
२०२० मोडलको अन्तिम लटको रुपमा यो बाइक उपलब्ध हुने बताइएको छ । यसको मूल्य ५ लाख ९५ हजार रुपैयाँ हुनेछ । अब यस पछि २०२१ को मोडल मात्र नेपाली बजारमा उपलब्ध हुने र यसको मूल्य पनि वृद्धि हुनेछ ।
क्रसएक्स २५०आर पहिले भन्दा अपग्रेड भएर आउने छ । यसमा भएको डबल साइलेन्सर सबैभन्दा आकर्षक छ । युवाहरुको रोजाईमा डबल साइलेन्सर भएको बाइक पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको बताइएको छ । डर्ट र मोटार्ड दुवै सेगमेन्टमा यो बाइक उपलब्ध हुनेछ ।
जापनिज आर्किटेक्ट प्रयोग गरिएको यो बाइकमा भएको २५० सीसी लिक्विड कुल्ड इन्जिन अफरोड यात्राका लागि निकै नै उपयुक्त छ । यसको ब्रेकिङ सिष्टम जापनिज कम्पनी निसिनले बनाएको हो । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन हेडलाइट छ । सो हेडलाइट पोर्चुगलमा विकास भएको हो ।
यसमा जर्मनीको बल्ब राखिएको छ । सो बल्बमा ३५ वाट १२ भोल्टको चिम छ । यसका कारण विपरित दिशाबाट आइरहेका राइडरहरुको आँखा डिस्टर्व हुँदैन । यसको टप स्पिड १५० किलोमिटर प्रतिघण्टा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...