युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
चीनको प्रतिष्ठित अटोमोबाइल ब्रान्ड डोङफेङको प्रिमियम तथा लक्जरी अफरोड विद्युतीय सवारी ब्रान्ड एमहिरो नेपाल आइपुगेको छ । एमहिरोलाई डोङफेङको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि मोटर्सले आगामी नाडा अटो शो २०२६ मा प्रदर्शन गर्न ल्याएको हो ।
अटो शो भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एमहिरोको आगमनले नाडा अटो शोमा प्रिमियम विद्युतीय एसयूभीतर्फको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
एमहिरो विशेष गरी सैन्य गाडीको झल्को दिने आक्रामक र मस्कुलर लुक्स, बोल्ड ग्रिल र क्रस–सेप्ड एलइडी हेडलाइटका लागि चर्चित छ । गाडीको भित्री भागमा लक्जरी नेपा लेदर फिनिसिङ, ठूला डिजिटल डिस्प्लेहरू, ६४ कलर एम्बियन्ट लाइटिङ र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।
एमहिरो शक्तिशाली विद्युतीय ड्राइभट्रेनमा आधारित छ, जसले १००० हर्सपावरभन्दा बढी शक्ति र उत्कृष्ट टर्क उत्पन्न गर्छ। कठिन परिस्थितिमा सहज यात्रा सुनिश्चित गर्न यसमा ४–ह्विल ड्राइभ र ३ वटा डिफरेन्सियल लकहरू राखिएका छन् । यसमा रहेको क्र्याब मुभिङ मोडले गाडीलाई तेर्सो वा डायगोनल रूपमा मोड्न मद्दत गर्छ भने ९० सेन्टिमिटरसम्मको गहिरो पानीमा पनि यो सहजै चल्न सक्छ ।
नेपाली बजारमा प्रिमियम र लक्जरी ईभीको माग बढ्दै गएको अवस्थामा एमहिरोको प्रवेशले यस सेगमेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्नेछ । यद्यपि गाडीको आधिकारिक बिक्री मूल्य, नेपालमा उपलब्ध हुने भेरियन्ट र औपचारिक डेलिभरी मितिबारे एमएडब्लू ग्रुपले नाडा अटो शोकै समयमा विवरण सार्वजनिक गर्ने जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...