धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन अब काठमाडौं महानगरले गर्ने

काठमाडौं - काठमाडौंको प्रसिद्ध धरहरा क्षेत्रको सवारी साधन पार्किङको संचालन र व्यवस्थापन अब काठमाडौं महानगरपालिकाको जिम्मेवारीमा रहने भएको छ। शुक्रबार धरहरा क्षेत्रमा भएको बैठकमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाबीच पार्किङ व्यवस्थापन महानगरलाई दिने सहमति भएको हो।

सहमति अनुसार, धरहराभित्रको पार्किङ संचालन र सुरक्षा व्यवस्थापन नगरप्रहरी बलले गर्नेछ। पार्किङसँग सम्बन्धित अन्य आवश्यक सुरक्षा र व्यवस्थापनका काम पनि महानगरले सम्हाल्नेछ।

बैठकले धरहरा क्षेत्रको सञ्चालन र व्यवस्थापनका लागि तत्काल र दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। यस समितिले अध्ययन, विश्लेषण र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। समितिमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरका प्रतिनिधिहरू समावेश रहनेछन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहरा बाहिरी संरचनासम्बन्धी आवश्यक कामहरू महानगरले गर्ने जानकारी दिइन्। उनले संघीय सरकारलाई धरहराको सम्पूर्ण सञ्चालन महानगरमा हस्तान्तरण गर्न आग्रह गरिसकेको पनि बताइन्।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

सम्बन्धित समाचारहरू

पल्सर र क्रसफायर तथा बेनेली मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

पल्सर र क्रसफायर तथा बेनेली मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न चार...

होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...

ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

काठमाडौं – ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...