बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – आज धनतेरस । यो दिन अन्य वस्तुका साथै सवारी साधन पनि किन्ने चलन छ । नेपालमा दसैं तिहार जस्ता चाडपर्वको समयमा सवारी साधन किन्ने चलन भएको र तिहारको शुभ समयमा धनतेरस पनि पर्ने भएकाले यही दिन धेरैले आफूलाई मन परेको सवारी साधन किन्ने गरेको पनि पाइन्छ ।
यही कुरालाई मनन गरी विभिन्न अटोमोबाइल कम्पनीहरुले ग्राहकलाई आकर्षण गर्नका लागि विशेष प्रकारका योजना बनाएका छन् । चाडपर्वको अवसरमा प्रदान गरिएका विभिन्न स्किममार्फत लोभ्याउनु त छँदैछ, सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यममा समेत विशेष प्रकारका सामग्री प्रस्तुत गरेको पाइन्छ ।
आज टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सार्वजनिक गरेको प्रस्तुतिले धेरैलाई लोभ्याएको पाइन्छ । एउटै मन तर फरक छ भेष, अनेक छ बोलीचाली एउटै देश, कोही मधेसी पहाडी र हिमाली, टीभीएसको साथ खुसी नेपाली भनेर तिहार तथा धन्तेरसको शुभकामना दिएको छ । टीभीएसको सो प्रस्तुतिमा भएका विभिन्न भेषभुषा र त्यही अनुसारका टीभीएसका बाइक वा स्कुटरले धेरैलाई लोभ्याएको पाइन्छ ।
त्यसैगरी बजाज, यामाहा, सुजुकी आदिले पनि आफ्नै तरिकाले धन्तेरसको शुभकामना दिएका छन् ।
धनतेरसलाई वर्षकै अत्यन्तै शुभ योगका रुपमा लिइन्छ । यस समयमा धनी देखि लिएर गरिब परिवारका मानिसले आफ्नो गच्छे अनुसार घरमा प्रयोग हुने सामान किनमेल गर्ने परम्परा रहिआएको छ । सक्नेले सुन चादि इलेक्ट्रोनिक आइटम, गाडी किन्न सक्छन् भने सामान्य परिवारका मानिसले आफूले सके अनुसारको भाडा तथा कपडा किन्ने परम्परा रहेको छ ।
यसरी किनमेल गर्दा आफ्नो राशिअनुसार किनमेल गरि घरमा लगेर सही दिशामा राख्न सकियो भने महालक्ष्मीको आशिर्वाद मिल्ने ज्योतिषीहरुले बताउने गरेका छन् । हिन्दु धर्मावलम्बीले आस्था र विस्वासका साथ सकेअनुसारको सरसामान किन्ने परम्परा रहिआएको छ ।
किनेको सामान घरमा लगेर सहि दिशामा राखियो भने वर्ष भरिनै यसको प्रयोगबाट शुभ फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । यसो गर्नाले शुभ समयमा घरभित्र ल्याइएको वस्तुमा लक्ष्मीको शुभ आशिर्वाद समेत रहने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...