बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित डेरी ब्रान्डका दुई इलेक्ट्रिक तथा सोलार कार भित्रिएका छन् । नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा अटोहोस्ट प्रालिले यी गाडी भित्र्याएको हो ।
डेरी ब्रान्डका दुई मोडल ईभी७ र ईएम७ भित्रिएका हुन् । ईभी७ पुरै इलेक्ट्रिक कार हो भने ईएम७ सोलार तथा इलेक्ट्रिक कार हो । दुवै गाडीमा १५० एएचको लिथियम एनसीएम ब्याट्री छन् । सिंगल चार्जमा यसले १५८ किलोमिटरको दुरी पार गर्न सक्छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा छ भने अधिकतम टर्क १०५ एनएम छ ।
त्यसैगरी ईएम७ ले १७४ किलोमिटरको दुरी पार गर्न सक्ने बताइएको छ । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप २० प्रतिशत बढी माइलेज दिने बताइएको छ । यसको पनि टप स्पिड ६० किमी प्रतिघण्टा छ ।
दुवै गाडी इन्ट्री लेवलका गाडी हुन् । गाडीमा ५ जना बस्न सकिन्छ । अनि दुवै गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।
ईभी७ को मूल्य २५ लाख ९९ हजार र ईएम७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ छ । गाडी किन्ने पहिलो ५० ग्राहकलाई ५० हजार रुपैयाँ छुटका साथै एक वर्षको सडक कर र बिमा निःशुल्क उपलब्ध हुने बताइएको छ ।
हेनान डेरी चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हो । विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आएका छन् ।
नेपाली बजारमा पहिले देखि नै इलेक्ट्रिक गाडी व्यवसायमा संलग्न व्यवसायीहरुको समूहद्वारा संचालित अटोहोस्टले डेरी ब्रान्डका इलेक्ट्रिक गाडी भित्र्याएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...