सारथी स्कुटरमा दशैं अफर, २५ हजारसम्म नगद छुट

काठमाडौं–सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरमा कम्पनीले दशैं अफर ल्याएको छ । जसअन्तर्गत नगदमा खरिद गर्ने ग्राहकका लागि २५ हजारसम्मको छुट दिइने जनाइएको छ ।

नगद छुटका साथै एउटा हेलमेट, रेनकोट तथा चालु आर्थिक बर्षको कर समेत कम्पनीले नै तिरिदिनेछ । साथै, ६ वटा फ्रि सर्भिस तथा २ बर्षको वारेन्टी भने यथावत नै रहेको सारथीको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाएको छ ।

कम्पनीले सारथी ब्राण्ड अन्तरगत २ वटा मोडेलमा यो अफर सँचालन गरेको हो । इकुटर इ३ र विँगर मोडेलमा यो अफर पाउन सकिन्छ । यी दुबै स्कुटरमा ७२ भोल्ट ३८ एएच क्षमताका ग्राफिन ब्याट्री प्रयोग गरिएको हुँदा यसबाट स्ट्याण्डर्ड राइडिङमा अधिकतम १२० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ । यसलाई कम्पनीले लिथियम आयोन ब्याट्रीमा पनि उपलब्ध गराएको छ ।

इकुटर इ३ मा ३००० वाट र विँगरमा ३९०० वाटको पिक पावर भएको मोटर प्रयोग गरिएको हुँदा काठमाण्डौं वरपरका उकालो बाटोहरुमा पनि सजिलै चलाउन सकिने दाबी गरिएको छ । अफरपछि यी स्कुटरको मूल्य क्रमश : १ लाख ९१ हजार र १ लाख ८४ हजार रुपैयाँ पर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...