१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
काठमाडौं– यसपाली दशैंमा क्रसफायर र ईटालिका मोटो बाइक खरिद गर्ने ग्राहकले ठूलो रकम नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउने भएका छन् । यी दुई ब्रान्डको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रालिले क्रसफारमा ५० हजारसम्म र इटालिका मोटोमा ४० हजारसम्म नगद छुट दिने स्किम ल्याएको छ ।
साथै कम्पनीले क्रसफायर संगको एक्सचेन्जमा ५० हजारसम्म र ईटालिका मोटोसंगको एक्सचेन्जमा ४० हजारसम्म अतिरिक्त मूल्यांकन दिने जनाएको हो । देशभरका शोरुममा लागु हुने सो अफर कात्तिक १५ गनेसम्म चल्ने कम्पनीको भनाई छ ।
दशैं मेगा अफर अन्तर्गत ग्राहकले क्रसफायरको ट्रेक्कर २५० मोटरसाइकल खरिद गर्दा ४० हजार रुपैयाँ नगद छुट र एक्सचेन्जमा पनि त्यत्ति नै रकम अतिरिक्त मूल्यांकन पाउनेछन् । साथै एचजे २५० मा ५० हजार छुट र एक्सचेन्जमा पनि त्यत्ति नै रकम अतिरिक्त मूल्यांकन पाउने कम्पनीको भनाई छ । यी बाइकको खरिदमा एउटा आकर्षक हेल्मेट पनि निशुल्क प्रदान गरिनेछ ।

यसैगरी इटालिका ब्रान्डको फर्मूला १५० स्कुटरमा नगद छुट २० हजार तथा एक्सचेन्जमा पनि त्यत्ति नै रकम अतिरिक्त मूल्यांकन दिइने कम्पनीले जनाएको छ । सो ब्रान्डको स्टालियन २५० र नेभडा २५० मोटरसाइकल खरिद गर्दा ग्राहकले ४० हजार नगद छुट तथा एक्सचेन्जमा पनि त्यत्ति नै रकम अतिरिक्त मूल्यांकन पाउन सक्नेछन् । यी बाइकमा पनि ग्राहकले एकथान आकर्षक हेल्मेट उपहार पाउनेछन् ।
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...