यस्तो छ ट्रकको पछाडि ‘हर्न ओके प्लिज’ लेख्नुको रहस्य
लामो समयदेखि ट्रकको पछाडि विभिन्न किसिमका कविता र नारा लेख्ने चलन छ । तर, यी...
काठमाडौँ – भक्तपुर टुर्स रिसर्च सेन्टरले भक्तपुरको जगाती पुल र थिमी पुल आसपासको राजमार्गका दुवैतिर राष्ट्रिय स्तरको सवारी साधन अर्थात अटो बजार घोषणा गर्न औपचारिक रुपमा माग गरेको छ । सेन्टरले भौतिक पूर्वाधार, सवारी साधन व्यवसाय तथा सेवाग्राही सुविधाको सुदृढीकरणलाई ध्यानमा राख्दै सो माग गरिएको हो ।
उक्त प्रस्तावित क्षेत्रलाई व्यवस्थित सवारी साधन बजारका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गर्दै, यहाँ सेवाग्राहीले सहज रूपमा राजमार्गमै राइड टेस्ट गर्न सक्ने, एकै स्थानमा सबै प्रकारका सवारी साधन (दुईपांग्रे चारपांग्रे आदि) उपलब्ध हुने तथा सवारी साधन भण्डारण र व्यवस्थापनका लागि पर्याप्त जग्गा जमिन उपलब्ध रहेको जनाइएको छ।
हाल काठमाडौँका विभिन्न स्थानहरूमा अघोषित रूपमा सञ्चालन भइरहेका सवारी बजारहरूमा सेवाग्राही तथा व्यवसायी दुवै पक्षले विभिन्न समस्याहरू भोग्नुपरेको उल्लेख गरिएको छ। नक्साल क्षेत्रमा सेवाग्राहीलाई टेस्ट राइड गराउन होटल तथा पार्कहरूमा अतिरिक्त व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ भने थापाथली क्षेत्रमा गोदाम अभावका कारण सवारी साधन बुकिङ र डेलिभरीमा असमानता देखिएको छ। त्यसैगरी टेकु क्षेत्रमा अटो पाट्र्स भण्डारणका लागि स्थान अभावका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको छ।
उक्त जगाती–थिमी क्षेत्रलाई औपचारिक रूपमा सवारी साधन बजारको रूपमा घोषणा गरिएमा सेवाग्राहीलाई सहज, सुरक्षित र पारदर्शी सेवा प्राप्त हुने, व्यवसायीहरूलाई व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न सहज हुने, सहरको ट्राफिक व्यवस्थापनमा सुधार आउने तथा सरकारलाई राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
भक्तपुर टुर्स रिसर्च सेन्टरले सम्बन्धित निकायहरू, नेपाल सरकार, यातायात व्यवस्था विभाग तथा सरोकारवाला संघ–संस्थाहरूसमक्ष यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक नीतिगत तथा प्रशासनिक पहल गर्न हार्दिक आग्रह गरेको छ।
यस पहलले नेपालको सवारी साधन व्यवसायलाई आधुनिक, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने विश्वास व्यक्त गरिएको सेन्टरको भनाइ छ ।
लामो समयदेखि ट्रकको पछाडि विभिन्न किसिमका कविता र नारा लेख्ने चलन छ । तर, यी...
गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुदघाटन भई सञ्चालनमा रहेको...
त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...