क्रसएक्स बाइक एक सातामै सोल्ड आउट

काठमाडौं – हालै नेपाल भित्रिएका २०२० संस्करणका क्रसएक्स बाइक एक सातामै सोल्ड आउट भएको छ । नेपालमा क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपाल प्रालिले एक सातामै सबै ९० युनिट बाइक बिक्री भएको जनाएको छ ।

बाइकर्स नेपालले २०२० को अन्तिम लटको रुपमा क्रसएक्सका दुई मोडल २५० एसई र २५० आर नेपाली बजारमा उपलब्ध गराएको थियो । अब भने २०२१ संस्करणका बाइक मात्र नेपाली बजारमा उपलब्ध हुने छन् । यी बाइक आउन करिव एक महिना लाग्ने बाइकर्स नेपालले जनाएको छ ।

बाइकमा भएको २५० सीसीको लिक्विड कुल्ड इन्जिनले ३२ एचपी पावर र ३४ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा स्टिल ट्युबुलर च्यासिस प्रयोग गरिएको छ भने इन्धन ट्यांकी पनि बढाएर १० लिटर बनाइएको छ । बाइकमा अब ३५० पाउन्डको सस्पेन्सन हुनेछ, जसले गर्दा बाइक अझै लचकदार बनेको छ ।

युवाहरुको रोजाईमा डबल साइलेन्सर भएको बाइक पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको बताइएको छ । डर्ट र मोटार्ड दुवै सेगमेन्टमा बाइक उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...