लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ
काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा...
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नयाँ मोटरसाइकल ‘आरएमजेड २५०’ भोलि लन्च गर्ने भएको छ ।
कम्पनीले भोलि शुक्रबार महाराजगन्जस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी नयाँ मोटरसाइकल लन्च गर्न लागेको हो । सो अवसरका क्लासिक ह्विल्सले क्रसफायरको लिगेसी समेत शोकेस गर्ने भएको छ ।
केही समय पहिले देखि प्रि–बुकिङ खुला गरिएको क्रसफायरको सो नयाँ बाइकको मूल्य र यसका साथमा उपलब्ध हुने स्किमको वारेमा पहिले नै जानकारी सार्वजनिक भइसकेको छ । हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आरएमजेड२५० उपलब्ध भएको हो । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।
यो भन्दा पहिले नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा एउटा सर्बाधिक आइकोनिक मोडलको पहिचान कायम गरेको आरएम २५० लाई अझै परिस्कृत गरेर ल्याइएको नयाँ मोटरसाइकल आरएमजेड२५० ले मोटरसाइकलको परफर्मेन्स र रिलायबिलिटीलाई नेक्स्ट–लेभलमा पु–याउने दावी गरिएको छ ।
यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।
काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा...
धरान– धरानमा क्रसफायरको नयाँ शोरुम खुल्ने भएको छ । हाल संचलानमा रहेको...
काठमाडौं– क्रसफायर र इटालिका मोटो बाइकको विन्टर सर्भिस क्याम्प आजदेखी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...