अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

काठमाडौं– क्रसफायरले नेपाल ल्याएको चर्चित डर्ट बाइक आरएम २५० अपग्रेड भएर आउने भएको छ । आरएम २५० को अपग्रेडेड भर्सन छिट्टै नेपाल आउन लागेको जानकारी दिँदै आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले सो नयाँ मोटरसाइकलको टिजर सार्वजनिक गरेको हो ।

आरएम २५० को अपग्रेडेड भर्सनमा नयाँ ईएफआई इन्जिन हुने कम्पनीले जनाएको छ । कटिङ एज ईएफआई इन्जिनका कारण सो नयाँ भर्सनले झनै उत्कृष्ट पावर र पर्फमेन्स दिने दाबी गरिएको छ ।

क्रसफायरको सो अपग्रेडेड भर्सनमा के–कस्ता फिचर परिमार्जन हुन्छन् भन्ने विषय सार्वजनिक नगरिए पनि नयाँ मोटरसाइकल पुरानो मोडलको तुलनामा थप आकर्षक र अफरोडमैत्री हुने अनुमान गरिएको छ ।

सो नयाँ मोडलको मोटरसाइकलको नाम समेत अझै निश्चित गरिएको छैन । यद्यपि यसले पर्फमेन्स, इनोभेसन र रिलायबिलिटीका लागि नेपालको डर्ट बाइक सेगमेन्टमा एक बेन्चमार्क स्थापित गर्ने कम्पनीको दावी छ ।

आधुनिक राइडरको आवश्यकतालाई पुरा गर्ने किसिमले यसका मुख्य कम्पोनेन्टमा अत्याधुनिक तरिकाले अपग्रेड समेत गरिने कम्पनीको भनाइ छ ।

क्लासिक ह्विल्सले छिट्टै यसको बुकिङ खुल्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटो मोटसाइकलको नेपालका लागि आधिकारिक वितक...

याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

काठमाडौं – क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा...

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...