क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ मोटरसाइकल क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने र केही दिनमै यसको मिति तोकिने जानकारी दिएको छ ।

केही समय पहिले देखि प्रि–बुकिङ खुला गरिएको क्रसफायरको सो नयाँ बाइकको मूल्य र यसका साथमा उपलब्ध हुने स्किमको वारेमा पहिले नै जानकारी सार्वजनिक भइसकेको छ ।

नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आरएमजेड२५० उपलब्ध भएको हो । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।

यो भन्दा पहिले नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा एउटा सर्बाधिक आइकोनिक मोडलको पहिचान कायम गरेको आरएम २५० लाई अझै परिस्कृत गरेर ल्याइएको नयाँ मोटरसाइकल आरएमजेड२५० ले मोटरसाइकलको परफर्मेन्स र रिलायबिलिटीलाई नेक्स्ट–लेभलमा पु-याउने दावी गरिएको छ ।

हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।

औपचारिक रुपमा लन्च हुनु पहिले उपलब्ध हुने अफरको रुपमा ग्राहकले लिमिटेड संख्यामा उपलब्ध मोटरसाइकल प्राप्त गर्नेछन् । सो बाइकको अन्य फिचरको वारेमा भने कम्पनीले अहिले जानकारी सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचारहरू

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...

क्रसफायरको हरेक शनिबार एड्भेन्चर राइड

क्रसफायरको हरेक शनिबार एड्भेन्चर राइड

डर्ट बाइक सेग्मेन्टमा लोकप्रिय ब्रान्ड क्रसफायरले हरेक शनिबार एड्भेन्चर...

क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटो मोटसाइकलको नेपालका लागि आधिकारिक वितक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...