नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ मोटरसाइकल क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने र केही दिनमै यसको मिति तोकिने जानकारी दिएको छ ।
केही समय पहिले देखि प्रि–बुकिङ खुला गरिएको क्रसफायरको सो नयाँ बाइकको मूल्य र यसका साथमा उपलब्ध हुने स्किमको वारेमा पहिले नै जानकारी सार्वजनिक भइसकेको छ ।
नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आरएमजेड२५० उपलब्ध भएको हो । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।
यो भन्दा पहिले नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा एउटा सर्बाधिक आइकोनिक मोडलको पहिचान कायम गरेको आरएम २५० लाई अझै परिस्कृत गरेर ल्याइएको नयाँ मोटरसाइकल आरएमजेड२५० ले मोटरसाइकलको परफर्मेन्स र रिलायबिलिटीलाई नेक्स्ट–लेभलमा पु-याउने दावी गरिएको छ ।
हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।
औपचारिक रुपमा लन्च हुनु पहिले उपलब्ध हुने अफरको रुपमा ग्राहकले लिमिटेड संख्यामा उपलब्ध मोटरसाइकल प्राप्त गर्नेछन् । सो बाइकको अन्य फिचरको वारेमा भने कम्पनीले अहिले जानकारी सार्वजनिक गरेको छैन ।
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...
काठमाडौं– यसपाली दशैंमा क्रसफायर र ईटालिका मोटो बाइक खरिद गर्ने ग्राहकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...