क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटो मोटसाइकलको नेपालका लागि आधिकारिक वितक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालले नयाँ वर्ष अफर ल्याएको छ । ‘नयाँ वर्ष नयाँ धमका’ नामले आएको सो अफर अन्तर्गत यी दुई ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले नगद छुटको साथै एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउनेछन् ।

सो अफर अन्तर्गत क्रसफायरको एचजे २५० र ट्रेकर २५० तथा इटालिका मोटोको स्टालियन र नेभडा २५० खरिद गर्दा ग्राहकले ३० हजार नगद छुट पाउनेछन् भने फर्मूला १५० स्कुटरमा १५ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी ग्राहकले आफूसंग भएको पुराना मोटरसाइकलसंग क्रसफायरको एचजे २५० र ट्रेकर २५० तथा इटालिका मोटोको स्टालियन र नेभडा २५० एक्सचेन्ज गर्दा ३० हजार अतिरिक्त मूल्यांकन पाउनेछन् ।

साथै फर्मूला १५० स्कुटरको एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन पाउने ब्यावस्था मिलाइएको छ । क्रसफायर र इटालिका मोटोकै पुरानो मोटरसाइकलसंग अपडेटेड मोडल एक्सचेन्ज गर्दा ४० हजार अतिरिक्त मूल्यांकन दिइने कम्पनीको भनाई छ ।

अफर क्रसफायर र इटालिका मोटोको सबै शोरुममा उपलब्ध हने जनाइएको छ । क्लासिक ह्विल्स ले हाल देशका १० स्थानमा शोरुम संचालन गरेर बाइक बिक्री गर्दै आएको छ । क्रसफायरका मोटरसाइकल अफरोड टुरमा रमाउने यूवा वर्गमा लोकप्रिय मानिन्छ ।

सम्बन्धित समाचारहरू

क्रसफायरको काठमाडौं–दामन एड्भेन्चर राइड हुने

क्रसफायरको काठमाडौं–दामन एड्भेन्चर राइड हुने

काठमाडौं– क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड...

क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर...

क्रसफयारको विन्टर सर्भिस क्याम्प सुरु, स्पेयर पार्ट्समा २० प्रतिशत छुट

क्रसफयारको विन्टर सर्भिस क्याम्प सुरु, स्पेयर पार्ट्समा २० प्रतिशत छुट

काठमाडौं– क्रसफायर र इटालिका मोटो बाइकको विन्टर सर्भिस क्याम्प आजदेखी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...