लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ

काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा क्रसफायर बाइकको मूल्य भने घटेको छ । नेपालका लागि क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले क्रसफायर आरएम २५० को मूल्य एकै पटक ४४ हजार रुपैयाँले घटाएको छ ।

क्रसफायर आरएम २५० रेस एडिसनको मूल्य अब ७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यसको मूल्य ८ लाख ४३ हजार रुपैयाँ तोकिएको थियो ।

अझ रोचक तथ्य के छ भने गत जेठ महिनामा पनि यसको मूल्य ४५ हजार रुपैयाँले घटाइएको थियो । यो भन्दा पहिले यसको मूल्य ८ लाख ८८ हजार रुपैयाँ थियो । सरकारले यी मोटरसाइकलमा घटाएको करका कारण मूल्यमा कमी गरिएको थियो ।

डर्ट र मोटार्ड दुवै भर्सनमा उपलब्ध सो बाइक डर्ट बाइक राइडरहरुको चाहनालाई पुरा गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको बताइएको छ । यसमा भएको डबल एक्जस्ट र पावर डेलिभरीका कारण यसलाई ट्रयाक, हाइवे र अन्य सबै स्थानमा चलाउन सकिने कम्पनीको भनाइ छ ।

३३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको तौल भने ११० किलोग्राम मात्र छ । अघिल्लो भागमा २९० एमएम र पछिल्लो भागमा २४० एमएमको डिस्क ब्रेक छ ।

नेपाली बजारमा होन्डा एक्सआर १९०एल र क्रसएक्स २५०आर बाइकसँग यसको प्रतिस्पर्धा हुन्छ । यी दुई बाइकको मूल्य क्रमशः ७ लाख ७० हजार र ८ लाख ४५ हजार रुपैयाँ छ ।

यति हुँदा पनि यो नेपाली बजारमा उपलब्ध क्रसफायरको सबैभन्दा महंगो मोटरसाइकल हो । हाल नेपाली बजारमा क्रसफायरका यो वाहेक अन्य दुई मोडल ट्रेकर २५० र एचजे २५० उपलब्ध छन् ।

ट्रेकर २५० को मूल्य पहिले ४ लाख १० हजार भएकोमा अब ३ लाख ७० हजार मात्र भएको छ भने एचजे २५० को मूल्य भने ६ लाख ९९ हजार रुपैयाँ नै तोकिएको छ ।

सबै मोडलमा क्रसफायरद्वारा प्रवर्धन गरिएका रेसिङ कम्पोनेन्ट अर्थात सीआरसी प्रयोग गरिएकाले मूल्य घटाउन सम्भव भएको कम्पनीको भनाइ छ । यसबाट बाइक अझै हल्का र चलाउन सहज भएका छन् भने गुणस्तरीय समेत बनेको कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर...

नेपाली बिक्रेतामार्फत भुटान पुग्यो क्रसफायर मोटरसाइकल, औपचारिक कारोबार सुरु

नेपाली बिक्रेतामार्फत भुटान पुग्यो क्रसफायर मोटरसाइकल, औपचारिक कारोबार सुरु

काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले...

याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

काठमाडौं – क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...